खजुरा : डेंगु, जापानिज इन्सेफलाइटिस लगायतका किटजन्य रोगहरुको नियन्त्रण सम्बन्धी खजुरामा सचेतना जगाइएको छ । खजुरा गाउँपालिका स्वास्थ्य तथा सामाजिक विकास शाखाले आइतबार सचेतनामूलक कार्यक्रम गरेको हो । बर्खायाम सुरु भएसँगै लामखुट्टेमार्फत फैलिन सक्ने डेंगु, जापानिज इन्सेफलाइटिस लगायत किटजन्य रोगहरु फैलिने खतरा बढेकाले कार्यक्रम गरिएको हो ।
डेंगु, जापानिज इन्सेफलाइटिस लगायत किटजन्य रोगहरु सम्बन्धी सरोकारवालासँग गरिएको अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथी एवम् खजुरा गाउँपालिका अध्यक्ष डम्बरबहादुर बि.क. ‘तुफान’ ले बर्खायाम सुरु भएसँगै लामखुट्टेबाट सर्न सक्ने रोगबारे सबै सचेत रहनुपर्ने बताए ।
‘यि सबै रोगहरुको बारेमा हामीलाई जानकारी भएको छ, यि रोगको न्यूनिकरण गर्नतिर तपाई सबै जना लाग्नुहुनेछ,’ उनले भने, ‘यो समस्याबारे जनतालाई जनचेतना प्रदान गर्नुहुनेछ ।’ डेंगु, जापानिज इन्सेफलाइटिस लगायत किटजन्य रोगहरु न्यूनिकरण गर्न आवश्यक पहल गर्नुपर्ने अध्यक्ष बि.क.को भनाई छ ।











