अहिले नेपालको वामपन्थी आन्दोलनलाई मात्रै होइन लोकतन्त्रलाई नै टार्गेट गरेर त्यसलाई नै सिध्याउने गरी २३ र २४ भदौको प्रतिगामी षडयन्त्र भएकव उनको भनाइ छ । वैधानिक सरकारलाई अवैध ढंगले विस्थापन गरिएको भन्दै ओलीले २३ र २४ भदौको आन्दोलन लोकतान्त्रिक हुनै नसक्ने बताए । सरकार बनाउने, अपदस्थ गर्ने, फेर्ने सबै कार्य संसद्ले गर्ने भन्दै अध्यक्ष ओलीले वैधानिक संसद बलजफती भंग गरिएको बताए ।
उनले भने, ‘अहिले नेपालको वामपन्थी आन्दोलनलाई मात्रै होइन लोकतन्त्रलाई टार्गेट गरेर त्यसलाई नै सिध्याउने गरी २३ र २४ भदौको प्रतिगामी षडयन्त्र भयो । त्यो षडयन्त्रले वैधानिक सरकारलाई अवैध ढंगले विस्थापन गर्यो । यो लोकतन्त्र हुनै सक्दैन । लोकतान्त्रिक आन्दोलन हुनै सक्दैन । लोकतान्त्रिक सरकारलाई त्यसरी विस्थापित गर्न पाइँदैन । सरकार बनाउने, अपदस्थ गर्ने, फेर्ने सबै संसद्ले गर्ने हो । तर बलजफ्ती भंग गरियो । वैधानिक सरकार ढालेर अवैधानिक सरकार गठन गर्न पाइँदैन ।’