एकद्वार बिज्ञापन नीति सर्बोच्चले गर्यो खारेज – Buletnews
एकद्वार बिज्ञापन नीति सर्बोच्चले गर्यो खारेज
  • बुलेट न्युज

बाँके:सरकारी विज्ञापन प्रकाशनका लागि सरकारले लागू गरेको एकद्वारा प्रणालीको निर्णय सर्वोच्च अदालतले खारेज गरेको छ ।

नेपाल मिडिया सोसाइटीका तर्फबाट अधिकारप्राप्त निवेदक एवं अधिवक्ता अनन्तराज लुईंटेलले सरकारको निर्णयविरुद्ध गत चैत २४ गते रिट दायर गरेका थिए। उक्त रिटमाथि असार २२ र २३ गते दुवै पक्षबिच बहस भएको थियो।

मंगलबार सर्वोच्च अदालतका न्यायाधीशद्वय शारङ्गा सुवेदी र नृपध्वज निरौलाको इजलासले उक्त निर्णय खारेजको आदेश गरेको हो ।

प्रतिक्रिया दिनुहोस्