डडेल्धुरामा जिप दुर्घटना २ जनाको मृत्यु ३ जना घाईते – Buletnews
डडेल्धुरामा जिप दुर्घटना २ जनाको मृत्यु ३ जना घाईते
  • बुलेट न्युज

डडेल्धुरा: डडेल्धुराको अमरगढी नगरपालिका– ७ खसरेखानमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । घटनामा तीनजना घाइते भएका छन् ।

धनगढीदेखि दार्चुला जाँदै गरेकोे सु प प्र ०१००१ ज १८५० नम्बरको बोलेरो जिप आज बिहान दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रमुख बरुणबहादुर सिंहले जानकारी दिए ।

मृत्यु हुनेमा दार्चुलाको अपिहिमाल गाँउपालिका–१ का २५ वर्षीय शुभम लोथ्याल र सोही ठाउँका २० वर्षीय हुम लोथ्याल छन् ।

घाइतेको डडेल्धुरा अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । जिप करिब ५०० मिटर तल खसेको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्