बंगलादेशकी बीएनपी अध्यक्ष खालिदा जियाको निधनपछि श्रद्धाञ्जली अर्पण गर्न ढाका पुगेका जयशंकर र यूनुसको औपचारिक भेट नहुनुलाई लिएर विभिन्न चर्चा र विश्लेषण भइरहेका छन्।
जयशंकर भारत सरकारको तर्फबाट शोक सन्देश लिएर ढाका पुगेका थिए। यसक्रममा उनले खालिदा जियाका छोरा तारिक रहमानसँग भेट गरी प्रधानमन्त्री नरेन्द्र मोदीको पत्र हस्तान्तरण गरेका थिए। तर अन्तरिम सरकार प्रमुख यूनुससँग भने कुनै औपचारिक भेट भएन।
खालिदा जियाको निधनपछि श्रद्धाञ्जली दिन भारतसहित पाकिस्तान, भूटान, नेपाल, श्रीलंका र मालदीवका उच्चस्तरीय प्रतिनिधि ढाका आएका थिए। पाकिस्तानको संसदका सभामुख सरदार अयाज सादिक र नेपालका विदेशमन्त्री बाला नन्द शर्मा भने प्रोफेसर यूनुससँग औपचारिक भेटमा सहभागी भएका थिए।











