नृत्यमा गोरखाले मार्यो बाजि – Buletnews
नृत्यमा गोरखाले मार्यो बाजि

विजेता गोरखालाई ट्रफीसहित ५० हजार रुपियाँ

  • बुलेट न्युज

बाँके:  कोहलपुरको गोरखा युनाइटेड पब्लिक स्कुल विद्यालयस्तरीय नृत्य प्रतियोगितामा पहिलो भएको छ । बाँकेको कोहलपुर महोत्सवमा आयोजित प्रतियोगिताको फाइनल चरणमा छ विद्यालयलाई पछि पार्दै सामूहिक नृत्यमा गोरखा स्कुल विजयी भएको हो । विजेता गोरखाले ट्रफीसहित ५० हजार रुपियाँ प्राप्त गरयो ।

प्रतियोगितामा कोहलपुरकै निम्बल स्कुल दोस्रो र ज्ञानज्योति माध्यमिक विद्यालयले तेस्रो स्थान प्राप्त गरेका छन् । दोस्रो र तेस्रो हुनेले ३० हजार र २० हजार रुपियाँ पुरस्कार पाए । वेस्टर्न स्कुललाई सान्त्वना पुरस्कार प्रदान गरियो ।

 

प्रतिक्रिया दिनुहोस्