आईसीसी टी–२० विश्वकप २०२६ को ‘ट्रफी’ नेपालमा – Buletnews
आईसीसी टी–२० विश्वकप २०२६ को ‘ट्रफी’ नेपालमा
  • बुलेट न्युज

ट्रफी सार्वजनिक गर्दै राष्ट्रपति पौडेलले आवश्यक संरचना, अवसर र सम्भावनाहरू क्रमशः विकास हुँदै जानु नेपाली खेलकुद क्षेत्रका लागि सकारात्मक भएको बताए । उनले टी–२० विश्वकपको ट्रफी नेपाल आउनु देशका लागि गौरवपूर्ण क्षण भएको बताउँदै यस ऐतिहासिक अवसरले नेपाल विश्व क्रिकेटको केन्द्रतर्फ अग्रसर भइरहेको सन्देश विश्वभर फैलाएको धारणा व्यक्त गरे ।

नेपालमा विश्वकप ट्रफी ल्याइ नेपाली क्रिकेट र समर्थककाे उत्साह एवम् आत्मविश्वास अभिवृद्धि गरिदिएकाेमा उहाँले अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) प्रति धन्यवाद व्यक्त गरे ।

टी–२० विश्वकपको ट्रफी नेपालमा पहिलो पटक आइपुगेकाे हो । नेपालमा यसअघि सन् २०१८ मा एकदिवसीय विश्वकपको ट्रफी ल्याइएको थियो ।

टी–२० विश्वकपको १०औं संस्करण आउँदो फेब्रुअरी ७ देखि भारत र श्रीलङ्कामा शुरू हुँदैछ । नेपालसहित २० वटा टोली सहभागी प्रतियोगिताको फाइनल खेल मार्च ८ मा हुनेछ ।

विश्वकपमा नेपाल समूह ‘सी’ मा परेको छ । यो समूहमा नेपालसँगै इङ्ग्ल्यान्ड, वेस्ट इन्डिज, इटाली र बङ्गलादेश छन् ।

प्रतिक्रिया दिनुहोस्