आज तराई भूभागका अधिकांश स्थानमा मध्याह्नसम्म हुस्सु र कुहिरो रहने – Buletnews
आज तराई भूभागका अधिकांश स्थानमा मध्याह्नसम्म हुस्सु र कुहिरो रहने

देशका पहाडी तथा हिमाली भूभागमा मौसम मुख्यतया सफा रहनेछ

  • बुलेट न्युज

सर्लाहीमा बाक्लो कुहिरो मलङ्गवा (सर्लाही), १४ पुसः मौसममा आएको परिवर्तनसँगै सदरमुकाम मलङ्गवासहित सर्लाही जिल्लामा आइतबार बिहान लागेको बाक्लो हुस्सु । बाक्लो कुहिरो र अत्याधिक जाडोका कारण जनजीवन कष्टकर बन्नुका साथै सवारीसाधन गुडाउन पनि कठिनाइ भइरहेको छ ।तस्बिरः विश्वनाथ ठाकुर/रासस

बाँके: जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशभर पश्चिमी वायूको आंशिक प्रभाव रहेको जनाएको छ । साथै दक्षिण–पश्चिम बङ्गालको खाडीमा विकसित न्यूनचापीय प्रणालीको समेत आंशिक प्रभाव रहेको छ ।

महाशाखाका अनुसार अहिले कोशी, मधेश र लुम्बिनी प्रदेशका तराई भूभागमा हुस्सु र कुहिरो रहनुका साथै बाँकी तराई भूभागका केही स्थानमा हुस्सु लागेको छ ।

आज दिउँसो तराई भूभागका अधिकांश स्थानमा मध्याह्नसम्म हुस्सु र कुहिरो रहनेछ । कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा आंशिक बदली रही बाँकी पहाडी तथा हिमाली भूभागमा मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ ।

आज राति तराई भूभागका केही स्थानमा हुस्सु रहनेछ । देशका पहाडी तथा हिमाली भूभागमा मौसम मुख्यतया सफा रहनेछ ।

आज सूर्योदय बिहान ६ बजेर ५६ मिनेटमा र सूर्यास्त साँझ ५ बजेर २६ मिनेटमा हुनेछ ।

प्रतिक्रिया दिनुहोस्