चन्द्रौटा महोत्सवमा जी बबले गीत गाउँदा साउन्ड बिग्रेपछि आक्रोशितले गरे तोडफोड – Buletnews
चन्द्रौटा महोत्सवमा जी बबले गीत गाउँदा साउन्ड बिग्रेपछि आक्रोशितले गरे तोडफोड
  • बुलेट न्युज

चर्चित र्यापर जीबबले गाउँदै गर्दा साउन्ड सिस्टम पटक पटक बन्द भएपछि एक्कासी लफडा भएको स्थानीय जनक केसीले जनाए । अहिले यो भिडियो सामाजिक सन्जालमा भाइरल बनेको छ । चन्द्रौटा महोत्सवमा जी बबले गीत गाउँदै गर्दा साउन्ड अफ भएपछि दर्शक आक्रोशित भएर कार्यक्रमस्थलमा तोडफोड गरेपछि केही स्थानीयले भने प्राविधिक विषयमा यस्तो आक्रोश पोख्न नहुने जनाएका छन् ।

स्थानीय वीपी भुसालले भने प्राविधिक कुरा हो कहिलेकाही बिग्रिन सक्छ, हतारमा यस्तो गर्नु राम्रो होइन भनेका छन् । ‘घाइते कोही भएका छैनन्, साउन्ड बन्द भएपछि कलाकार आफैँले सबै गर्नुस्, साउन्ड नबिगार्नुस् भनेपछि सहभागी आक्रोशित भएर तोडफोडमा उत्रेका हुन्,’ स्थानीय पत्रकार रामअवतार चौधरीले जनाए । तार सर्ट भएर यस्तो भएको हुनसक्ने सहभागीको आकलन छ ।

आयोजकले भने यो विषयमा केही बोलेका छैनन् । पुस १३ गतेदेखि चन्द्रौटामा सुरु दशौँ चन्द्रौटा कृषि, पर्यटन तथा औद्योगिक प्रदर्शनी २०८२ सोमबार अन्तिम दिन थियो ।
प्रतिक्रिया दिनुहोस्