राप्ती सोनारी युवा सञ्जाल संस्थाले भूर भुवानी मेलामा नि:शुल्क हेल्थ डेक्स सेवा दिँदै – Buletnews
राप्ती सोनारी युवा सञ्जाल संस्थाले भूर भुवानी मेलामा नि:शुल्क हेल्थ डेक्स सेवा दिँदै

अत्यावश्यक औषधि, माक्स, महिला दिदी बहिनीहरु का निम्ति सेनेटरी प्याड, लगायतका सामग्री निःशुल्क रुपमा प्रदान गर्ने

  • बुलेट न्युज

बाँके:  राप्ती सोनारी युवा सञ्जाल संस्थाले विगत लामो समयदेखि राप्ती सोनारीका युवा तथा बालबालिका को क्षेत्रमा उदाहरणीय काम गरी आफ्नो छुट्टै पहिचान बनाईसकेको राप्ती सोनारी युवा संजालले विगतमा देउसी भैलो खेलेरै युवा तथा बालबालिकाहरूलाई उद्घोषण तालिम प्रदान गरेको थियो ।

देउसी भैलो खेलेरै आर्थिक अवस्था कमजोर भएका जेहेन्दार विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरेको थियो, बाल आश्रम लाई सहयोग, बालविवाह न्यूनीकरण सम्बन्धी जनचेतनामूलक सडक नाटक प्रदर्शन गरेको थियो, लागुऔषध नियन्त्रण सम्बन्धी अभियान सञ्चालन गर्नुको साथै राप्ती सोनारी का विभिन्न स्थानमा सरसफाई कार्यक्रम गर्नुका साथै कँयौ उदाहरणीय काम गरेको युवा संजालले अब भने भुवर भवानी माघी मेला २०८२मा निःशुल्क रुपमा हेल्थ डेस्क सञ्चालन गर्ने भएको छ।

माघीको समयमा अत्यधिक चिसो हुने, हुस्सु लाग्ने हुनाले अत्यधिक सवारी साधन दुर्घटना हुने हुँदा साथै मेलामा कँहि कसैलाई चोटपटक लागेमा (सामान्य प्राथमिक उपचार), का साथै अन्य सामान्य अत्यावश्यक औषधि, माक्स, महिला दिदी बहिनीहरु का निम्ति सेनेटरी प्याड, लगायतका सामग्री निःशुल्क रुपमा प्रदान गर्ने युवा सञ्जालका अध्यक्ष कमल खड्काले बुलेट न्युजका संवाददाता भुवन थापालाई जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्