मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) समयमा घर परिवार तथा आफन्तसँग मनमुटाब सिर्जना हुनेछ । बाहिरी वातावरणको ध्यान दिनुहोला स्वास्थ्यमा समस्या आउने योग रहेको छ । प्रेममा मनमुटाब सिर्जना हुनेछ । तर पनि नाफामुलक व्यवसाय भन्दा सेवामूलक व्यवसाय फस्टाएर जानेछ । धर्म संस्कृती तथा यस्तै क्रियाकलापमा दिन बित्ने योग रहेको छ । अध्ययन तथा अध्यापनको सिलसिलामा लामो दुरीको यात्राको तय गर्न सकिनेछ । बैक तथा वित्तीय क्षेत्रको लगानीबाट नाफा कमाउन सकिनेछ ।
वृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) व्यापार वा शेयर बजारमा आज गरिने लगानी भविष्यमा आम्दानीको गतिलो स्रोत बन्नेछ । बिलासी सामान, गरगहना तथा खाद्यान्नको व्यापारबाट नाफा कमाउन सकिनेछ । तर पनि महत्त्वाकाङ्क्षी योजनाहरू पुरा गर्न निकै सङ्घर्ष गर्नुपर्नेछ । आफन्त तथा घरपरिवारका सदस्यहरूसँग राय बाझिनेछ । माया प्रेममा धोका तथा विश्वासघात हुनेछ । यात्रा गर्दा वा सवारी चलाउँदा ध्यान दिनुहोला ।
मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) प्रियजन भेट हुनुको साथै आतिथ्यपूर्ण सम्मान पाइनेछ । पढ्ने लेख्ने काममा सफलता हात पार्न सकिनेछ भने अध्ययनकै लागी यात्राको तय गर्न सकिनेछ । वादविवाद तथा न्यायिक निर्णय तपाईँकै पक्षमा हुनेछ । नोकरीमा पदोन्नति तथा सुगम स्थानमा स्थानान्तरणको गतिलो योग रहेको छ । खर्च बढे पनि उपलब्धिमूलक कामहरू हुनेछन् । यात्रा, खानपान तथा मनोरञ्जनमा समय व्यातित गर्न सकिनेछ ।
कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) उपहार तथा चिट्ठा प्राप्तिको प्रशस्त सम्भावना रहेको छ । घर परिवारमा नयाँ मानिसको आगमन हुनेछ भने सन्तान तथा छोराछोरीको प्रगति देख्न पाइनेछ । व्यापार व्यवसायमा लगानी गर्दा प्रशस्त आम्दानी हुने हुँदा दैनिक कामहरू सहज रूपमा हुनेछन् भने महत्त्वपूर्ण कामहरू सम्पादन हुनेछन् । माया प्रेममा सामिप्यता बढेर जानेछ भने परिवारमा आत्मीयता झल्कनेछ ।
सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) राजनीतिकर्मी तथा समाजसेवीहरूका लागी समय मध्यम रहेकोले जनताको समर्थन पाइने छैन । घर जग्गा तथा सवारी साधन सम्बन्धी लफडा पर्न सक्छ । आफन्त तथा आमासँग मनमुटाब बढ्ने वा घरबाट टाढा जानु पर्ने हुन सक्छ । प्रेममा मनमुटाब सिर्जना हुनेछ । खानपानमा ध्यान दिनुहोला समय मध्यम रहेको छ । तापनि सवारी साधनको खरिद बिक्रीबाट मनग्गे धन आर्जन गर्न सकिनेछ ।
कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) राम्रा तथा परिणाममूखि काम हुनाले आफन्त तथा छिमेकीहरू प्रभावित हुनेछन् । पराक्रमी क्रियाकलाप भाग लिई पुरुषार्थी काम गर्न सकिनेछ । लेख तथा रचनाको माध्यमबाट संस्कार परिवर्तन गर्न तपाईँको भूमिका महत्त्वपूर्ण रहनेछ । भाग्यले साथ दिने हुनाले व्यापार फस्टाएर जानेछ । व्यापार, शेयर बजार तथा औद्योगिक क्षेत्रको लगानीबाट नाफा कमाउन सकिनेछ । तर पनि यात्रा गर्दा वा सवारी साधनको प्रयोग गर्दा ध्यान दिनुहोला ।
तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) धन स्थानमा गोचर गर्ने शुभ चन्द्रमाले बन्द व्यापारबाट भनेजस्तो आम्दानी हुनेछ । सर सापटी दिइएका रुपैयाँ पैसा उठ्ने तथा आफन्तको सहयोगले उपलब्धिमूलक काम गर्न सकिनेछ । बोलीकै भरमा राम्रा तथा प्रतिष्ठित काम गर्न सकिनेछ । परिवारका साथमा यात्रा गर्न सकिने तथा मिष्टान्न भोजनको ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । अभाव हट्ने तथा नाम दाम कमाउन सकिनेछ ।
वृश्चिक(तो,ना,नी,नू,ने,नो,या,यी,यू) नयाँ कामको अवसर आउने तथा गरिरहेको कामबाट मनग्गे धन आर्जन गर्न सकिनेछ । टाढिएका मित्र तथा आफन्तसँगको भेटले मन प्रसन्न हुनेछ । पुराना कमीकमजोरीहरूलाई सच्याउँदै रचनात्मक काम गर्न सकिनेछ । बिलासी वस्तुको प्रयोग मार्फत अरूको ध्यान आकर्षित गर्न सकिनेछ । माया प्रेममा नजिक हुने समय रहेको छ । राजनीति तथा सामाजिक काममा समय दिनेहरूका लागी पद प्राप्तिको योग रहेको छ ।
धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) आम्दानी भन्दा खर्च बढ्नाले आर्थिक अवस्था तथा दैनिकी प्रभावित हुनेछ । खानपानमा ध्यान नदिए स्वास्थ्यमा समस्या आई खर्च बढ्नेछ । नियम संगत काम नगर्नाले दण्ड तथा जरिवाना तिर्नुपर्ने हुन सक्छ ध्यान दिनुहोला । तपाईँको व्यवहारले माया प्रेममा अविश्वास बढ्नेछ । तापनि लामो दुरीको विदेश यात्रा हुने तथा विदेशमा बसेर काम गर्नेहरूका लागी समय फलदायी रहनेछ ।
मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) पैतृक तथा प्राकृतिक स्रोत साधनको प्रयोग मार्फत आम्दानी बढाउन सकिनेछ । आफन्त तथा घरपरिवारका इच्छा आकाङ्क्षाहरू पुरा गर्न सकिनेछ । शिक्षा क्षेत्रसँग सम्बन्धित व्यवसाय वा शेयर बजारबाट केही मात्रामा लाभ लिन सकिनेछ । माया प्रेमको डोरो कसिलो भएर जानेछ भने पति पत्नीको सहयोग पाइने हुनाले राम्रा काम गर्न सकिनेछ । राजनीति तथा समाजसेवामा समय लगानी गर्नेहरूका लागी समय उत्तम रहेको छ ।
कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) अध्ययनमा मन जानेछ भने अध्ययनकै सिलसिलामा यात्रा हुनेछ । राज्यको मेकानिजम भित्र बसेर काम गर्ने अवसर प्राप्त हुनेछ । शुभचिन्तक तथा सहयोगीको सल्लाहले राम्रा काम गर्न सकिनेछ । व्यापार तथा शेयर बजारमा आज गरिने लगानी आगामी दिनमा आम्दानीको गतिलो स्रोत बन्नेछ । प्रेममा आफ्नो भावना साटासाट गर्ने वातावरण बन्नेछ । नयाँ काम पाउने तथा नोकरीमा बढुवा हुने योग रहेको छ ।
मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) भाग्य भावमा गोचर गर्ने चन्द्रमाले सानो प्रयत्नले राम्रा तथा उपलब्धिमूलक कामहरू गर्न सकिनेछ । पढाइ लेखाइको लागी समय उत्तम रहेको छ भने खोज तथा अनुसन्धानको क्षेत्रबाट भनेजस्तो नतिजा हात पार्न सकिनेछ । प्रेम सम्बन्ध सकारात्मक बाटोमा बढ्नेछ । व्यापार व्यवसाय फस्टाएर जानेछ भने धार्मिक यात्रा हुने प्रबल सम्भावना रहेको छ । किनमेल तथा मनोरञ्जनमा समय व्यातित हुनेछ ।










