नेपाली कांग्रेस विभाजनको संघारमा – Buletnews
मनोनयन बुझाउने समय आज बिहान सवा ९ बजेसम्म
नेपाली कांग्रेस विभाजनको संघारमा

गएराति अबेरसम्म भएको छलफलमा निष्कर्ष बिहिन

  • बुलेट न्युज

???????? ????? ??????????? ???? ???? ????????, ?? ???? ?????? ???????? ????? ????????? ???????? ???????? ?????????? ????????????? ???? ????? ??????????? ?????? ????? ???? ?????? ????????? ? ??????? ?????? ????????????

काठमाण्डौ:  नेपाली कांग्रेस विभाजनको संघारमा पुगेको छ । पार्टी जोगाउन र विवाद मिलाउन भन्दै शीर्ष नेताहरु अन्तिम प्रयासमा जुटिरहेका छन् । गएराति अबेरसम्म भएको छलफलमा भने निष्कर्ष निस्कन सकेन ।

हिजो दिउँसोदेखि रातिसम्म तीन चरणमा भएको छलफलले कुनै निष्कर्ष निकाल्न नसकेको छलफलमा सहभागी नेताहरुले बताएका छन् । आज बिहानको छलफलबाट एउटा टुङ्गोमा पुग्ने उनीहरुको विश्वास छ । संस्थापन पक्षका नेता रमेश लेखकका अनुसार वार्तामा केही सकारात्मक कुरा आएका छन् । त्यस्तै विशेष महाधिवेशन पक्षले पनि पार्टी फुट्नबाट जोगाउन आफूहरुले सक्दो प्रयास गरिरहेको बताएका छन् ।

छलफलमा संस्थापन समूहबाट नेताद्वय बालकृष्ण खाँण र रमेश लेखक, विशेष महाधिवेशन समूहबाट नेताहरु प्रदीप पौडेल, देवराज चालिसे, गुरुराज घिमिरे र मधु आचार्य अनि शेखर कोइराला समूहबाट जीवन परियार र मीनेन्द्र रिजाल सहभागी छन। विशेष महाधिवेशनको स्वामित्व लिने, विशेष महाधिवेशनमा पेश भएका प्रतिवेदन र कार्यविधिहरु संस्थापन समूहले अध्ययन गरी सुझाव दिने अनि त्यसलाई समेटेर पारित गर्नेलगायतको विषयमा मोटामोटी सहमति भएपनि सभापति शेरबहादुर देउवाको राजनीतिक बहिर्गमन, आउँदो चुनावमा उम्मेदवारको टिकटमा कसले हस्ताक्षर गर्नेलगायत विषय टुंगिन बाँकी नै छ ।

महामन्त्रीद्धय गगन थापा र विश्वप्रकाश शर्माको आह्वानमा गएको पुस २७ गतेदेखि काठमाण्डौमा विशेष महाधिवेशन चलिरहेको छ । महामन्त्री थापाले उचित निकासका लागि संवादको प्रयास गरिएको बताए । उनले बाहिर जे समझदारी भए पनि त्यसलाई विशेष महाधिवेशनबाट अनुमोदन गराउनुपर्ने बताएका छन। शीर्ष नेताहरु ठोस निश्कर्षमा पुग्न नसक्दा सोमबारसम्मका लागि तय भएको विशेष महाधिवेशन लम्बिएको छ । विशेष महाधिवेशनमा नेतृत्व चयनका लागि मनोनयन प्रक्रिया शुरू गरिएको छ ।

निर्वाचन समितिका संयोजक वरिष्ठ अधिवक्ता सीताराम केसीका अनुसार मनोनयन बुझाउने समय आज बिहान सवा ९ बजेसम्म तोकिएको छ । यसैबीच संस्थापन पक्षले बोलाएको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दैछ । हिजोका लागि तय भएको बैठक दुई पटक सरेर स्थगित भएपछि आज बिहानका लागि आह्वान गरिएको हो । मुख्य सचिव कृष्णप्रसाद पौडेलले बैठकमा समसामयिक विषयमा छलफल हुने बताए ।

प्रतिक्रिया दिनुहोस्