बाँके डि गाउँको मिनी रङ्गशाला अझै अधूरै – Buletnews
बजेट ब्यबस्थापन गर्ने खत्रीको प्रतिबद्धता
बाँके डि गाउँको मिनी रङ्गशाला अझै अधूरै

सरकारले पालिका स्तरीय रङ्गशाला निर्माण सुरु गर्नु सह्रानीय काम भए पनि वर्षौसम्म काम पूरा नहुनु दुःखद

  • बुलेट न्युज

filter: 0; jpegRotation: 0; fileterIntensity: 0.000000; filterMask: 0; module:1facing:0; hw-remosaic: 0; touch: (-1.0, -1.0); modeInfo: ; sceneMode: Auto; cct_value: 0; AI_Scene: (-1, -1); aec_lux: 126.0; hist255: 0.0; hist252~255: 0.0; hist0~15: 0.0;

बाँके:  प्रदेश सरकारले एक करोड रुपियाँभन्दा बढी खर्च गरेको बाँकेको खजुरा गाउँपालिकास्थित डि गाउँमा रहेको मिनी रङ्गशाला अझै अधूरै छ । पालिका स्तरीय रङ्गशालामा तीन वर्षदेखि बजेट नपरेकोमा गत वर्ष प्रदेश सरकारले २० लाख रुपियाँ बजेट विनियोजन गरेको भए पनि अझै रङ्गशाला पूरा हुन सकेको छैन ।

स्थानीय न्यू डाँफे स्र्पोटस क्लवका अध्यक्ष बालाराम खत्रीले प्रदेश सरकारले पालिका स्तरीय रङ्गशाला निर्माण सुरु गर्नु सह्रानीय काम भए पनि वर्षौसम्म काम पूरा नहुनु दुःखद भएको बताए।

खत्रीले भने “रङ्गशालाभित्रको भवनलाई क्लब भवनको रुपमा समेत प्रयोग गर्ने गरि स्थानीय बासिन्दाको चन्दा सहयोग लिएर निर्माण गरे पनि प्याराफिटको काम अधुरै छ ।”

यसैबिच रङ्गशालाको अवस्था बारे जानकारी लिन पुगेका निवर्तमान सामाजिक विकास मन्त्री तथा लुम्बिनी प्रदेशसभा सदस्य रत्न खत्रीलाई क्लबका पदाधिकारीसहित स्थानीय बासिन्दाले रङ्गशालाको अधूरो कार्य पूरा गर्नका लागि आवश्यक बजेट विनियोजनका लागि पहल गरिदिन अनुरोध गरेका छन् ।

खत्रीले आगामी आर्थिक वर्षको बजेटमा अपूरो रङ्गशालाको निर्माण कार्य पूरा हुनेगरी बजेट विनियोजनका लागि आफुले पहल गर्ने प्रतिबद्धता व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस्