जनप्रदर्शनपछि प्रज्ञा भवनमा हुने सभालाई पार्टी अध्यक्ष केपी ओलीबाट सम्बोधन हुने बताए। सभालाई अध्यक्ष ओलीले सम्बोधनसँगै चुनावको लागि आवश्यक निर्देशन दिने बताए। बागमतीको १८ सीटमा एमालेले अधिकतम जित्ने गरी रणनीति बनाइरहेको बताए।
सचिव महेश बस्नेतले पनि पार्टी ४ गतेबाट औपचारिक रूपमा चुनावमा होमिने बताए। आफूहरूले चुनावमा होमिने तयारी गरिराख्दा पनि सरकारले अझै वातावरण बनाउन नसकेको दाबी गरे। आगामी चुनावमा एमालेले बहुमत नभए सबैभन्दा ठुलो दल बन्ने उनको भनाइ छ।











