शिक्षक सेवा आयोगद्वारा ठूलो संख्यामा शिक्षक नियुक्तिको लागि दरखास्त आह्वान – Buletnews
शिक्षक सेवा आयोगद्वारा ठूलो संख्यामा शिक्षक नियुक्तिको लागि दरखास्त आह्वान
  • बुलेट न्युज

बाँके: शिक्षक सेवा आयोगले ठूलो संख्यामा शिक्षक नियुक्तिको लागि दरखास्त आह्वान गरेको छ।

आयोगले आज सूचना गर्दै माध्यमिक तह, तृतीय श्रेणी शिक्षक पदको लागि दरखास्त आह्वान गरेको हो।

आयोगले जारी गरेको सूचनाअनुसार मावि तहका चारसय ४५ शिक्षक प्रतियोगितात्मक परीक्षाद्वारा पदपूर्ति गरिने छ।

योग्यता पुगेका इच्छुक नेपाली नागरिकले आजदेखि आयोगको अनलाइन प्रणालीबाट आवदेश दिन सक्नेछन्।

प्रतिक्रिया दिनुहोस्