बाँके: राप्ती सोनारी ८ शमशेरगञ्जमा नेपालगञ्जमा अवस्थित अम्बिकेश्वरी सेवा सुविधा यातायात प्राली संस्थाले फुटबल आयोजना गर्ने भएको छ। स्वास्थ्यको लागि खेलकुद राष्ट्रको लागि खेलकुद भन्ने मूल नाराका साथ उक्त संस्थाले फुटबल प्रतियोगिता आयोजना गर्न लागिएको हो।
खेलमा राप्ती सोनारीका खेलाडीहरू मात्र समावेश हुन पाउनेछन भने फुटबल प्रतियोगिता विजेता गर्ने क्लबले प्रथम राशि पचपन्न हजार पाँच सय पचपन्न रुपैया पाउने छन भने द्वितीय पुरस्कार तेत्तीस हजार तीन सय तेतिस रुपैया प्रदान गरिने अम्बिकेश्वरी सेवा सुविधा यातायात प्रालीका सचीव डम्बर केसीले जानकारी दिए। खेलको प्रायोजक भने बोस फिटनेस जिम रहेको छ् ।











