ढकेरीका किसानहरू दूध बेचेर आत्मनिर्भर बन्दै – Buletnews
ढकेरीका किसानहरू दूध बेचेर आत्मनिर्भर बन्दै

प्रदेश सरकारले तीन रुपैया दरले दूध बिक्री वितरणमा दिने भनेको अनुदान कार्यान्वयनमा समस्या

  • भुवन थापा

बाँके: राप्ती सोनारी ९ ढकेरीका किसानहरू दुध बेचेर आत्मनिर्भरता बन्दै आएका छन। बुचापुरस्थित कालिका दूध डेरीमा ढकेरीका ४० घरधुरीका किसानहरू दूध बिक्री वितरण गर्न आउँछन्। दूध बिक्री वितरण गर्न आउने किसानहरू भन्छन् आफ्ना छोराछोरी विदेश पठाउनुपर्दैन हामीलाई दुध बेचेर नै घर खर्च चलेको छ।

त्यस्तै भन्छिन् दीप्ति परियार मसँग चारवटा जर्सी गाई छन। तिनि गाईहरुले साँझ बिहान गरेर ३० लिटर दुध दिन्छन। म नजिकैको गाउँमा रहेको कालिका दुग्ध डेरीमा दूध बिक्री गर्न जान्छु। त्यही दूध बेचेर मैले घर खर्च समेत चलाइरहेको छु। मलाई मेरा छोराछोरी विदेश पठाउनुपर्ने बाध्यता छैन। दूध बेचेर नै मैले मासिक ५२ हजार कमाउँछु। मेरो श्रीमान सरकारी जागिरे छन् तर उनको पेशालाई मेरो दुःख मेहनतले गर्दा उनको तलबभन्दा मेरो दोब्बर तलब हुन्छ उनको भनाइ छ् ।

कालिका दूध डेरी उद्योगका व्यवस्थापक जितबहादुर कार्कीका अनुसार आफु बिहानै ४ बजे उठेर डेरीमा आउने किसानहरूका दूध  सङ्कलन गरी  कोहलपुर बजारमा पुर्याउने बताउछन । उनका अनुसार अहिले किसानहरू मर्कामा परेका छन प्रदेश सरकारले तीन रुपैया दरले अनुदान प्राप्त हुनेगरि दूध बिक्री वितरण गर्न पाउने भनेर आवाह्वान गरेता पनि कार्यान्वयन हुन सकेको छैन । देशमा बढ्दो विदेश पलाएन भइरहँदा आफ्नै ठाउँमा किसानहरूले आफ्नै माटोमा सुन फलाएका सक्छन भन्ने गतिलो उदाहरण यहाँका किसानलाई लिन सकिने कार्किको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्