युवा नेता मल्लदेखि सुनार सम्मले गराए उम्मेदवारी दर्ता – Buletnews
युवा नेता मल्लदेखि सुनार सम्मले गराए उम्मेदवारी दर्ता

दलबहादुर सुनारलाई उम्मेदवार बनाउने निर्णय रातारात परिवर्तन भएपछी मल्ल बाँके ३ का एमाले उम्मेदवार

  • बुलेट न्युज

बाँके: बाँके क्षेत्र नम्बर ३ मा नेकपा (एमाले) का सुमन मल्लले उम्मेदवारी दर्ता गराएका छन । नेकपा (एमाले) सचिवालय बैठकले पूर्व केन्द्रीय सदस्य दलबहादुर सुनारलाई उम्मेदवार बनाउने निर्णय गरेको थियो । तर अन्तिम समयमा उम्मेदवार परिवर्तन गरेको हो । एमालेले जुलुससहित निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारी दर्ता गरेको छ ।

यसैगरी राष्ट्रिय स्वतन्त्र पार्टीबाट दलित अभियन्ता खगेन्द्र सुनारको उम्मेदवारी दर्ता भएको छ । दैलेखका सुनारलाई रास्वपाले बाँके ३ मा उम्मेदवार बनाएको हो । यस्तै नेपाली कम्युनिस्ट पार्टीबाट दीपक जिएमको उम्मेदवारी परेको छ । नेपाली कांग्रेसले लुम्बिनी प्रदेश सभापति रोल्पाका अमरसिंह पुनलाई उम्मेदवार बनाएको नेताहरूले जनाएका छन ।

प्रतिक्रिया दिनुहोस्