राप्ती सोनारीमा कृष्णा केसी नमुनाको लोकप्रियता बढ्दै – Buletnews
राप्ती सोनारीमा कृष्णा केसी नमुनाको लोकप्रियता बढ्दै
  • बुलेट न्युज

बाँके: प्रगतिशील लोकतान्त्रिक पार्टीकी तर्फबाट प्रतिनिधि सभा सदस्य पदकी उम्मेदवार कृष्णा के.सी. (नमुना)ले बाँके निर्वाचन क्षेत्र नं. १ बाट औपचारिक रूपमा मनोनयन दर्ता गराएकी छन्। २०३५ सालमा ढकेरीमा जन्मिएकी उनी ढकेरीमै रहेको सामुदायिक विद्यालयमा उनी अध्ययन समेत गरेकी थिईन । कैयौ खुट्किला समस्याहरू झल्दै राजनीतिक यात्राको बाटो तय गरेकि नमुनालाई जनताले तपाईंलाई किन मत दिने ? भन्ने प्रश्नमा  यो क्षेत्रलाई सुशासनयुक्त क्षेत्र बनाउने भ्रष्टाचार मुक्त गर्ने काम गर्दा तेरो मेरो होइन कुनै दलगत कुरा होइन त्योभन्दा माथि उठेर त्यस्तो खालको जनप्रतिनिधि उम्मेदवार युवा पुस्ताले खोजिरहेको  उनी बताउछिन । म घरबाटै राजनीतिक संस्कारमा हुर्कँदै आए राजनीतिको पहिलो पाठशाला मेरो लागि घर नै बन्यो २०४७ सालदेखि राजनीतिमा आबद्धता भएको थिए उनले आफ्नो बिगत कोट्ट्याउदै भनिन माध्यमिक तहदेखि नै म संगठनिकरुपमा आबद्ध भएको हुँ। त्यतिबेला विद्यार्थीको हकहितका पक्षमा सशक्त आवाज उठाउँथे। तत्कालीन नेकपा माओवादीले थालेको जनयुद्धमा म सुरुदेखि नै जोडिए काम गरी खाने मान्छे र बसी खाने मान्छे बीचको खाडल अन्त्यसँगै विभेद शोषक वर्गको अन्त्यका लागि म जनयुद्धमा सहभागी भए त्यतिबेला म बाँकेमा रहे विशेषत नेपालगञ्ज हेर्ने जिम्मा पार्टीले मलाई दिएको थियो।

सानै उमेरमा परिवर्तनका लागि मैदानमा उत्रिएको थिए। नेता तथा कार्यकर्ताको जनघटले राजनीतिक अध्याय सिकाउँदै लग्यो म कुनै पार्टीगत पक्षमा अघि बढ्न चाहन्न म एउटा चौकीदारको रुपमा जनतालाई सेवा दिनेछु, सधैँ म जनताकै सेवामा अघि बढ्नेछु उनले भनिन। उनी निर्वाचनमा प्रतिस्पर्धा गर्दा अहिले राप्ती सोनारी बासीहरू एकदमै हर्षित छन्। उनले जनताका मुद्दाहरू सँगसँगै उनले राप्ती सोनारी र नरैनापुर गाउँपालिकामा गरेका थुप्रै विकसित कामहरूमा परिचित हुँदै आइरहेकी छिन्। राप्ती सोनारीका मतदाता भन्छन् हामीलाई पार्टी चाहिएको होइन हामीलाई विकास चाहिएको हो, विकास गर्ने आँट मात्र नमुनालाई छ राप्ती सोनारी वासी भन्छन्।

प्रतिक्रिया दिनुहोस्