बाँके: बालेन शाह नेपालगञ्ज जाने क्रममा उनका समर्थकहरूलाई लिएर विमानस्थल नजिक पुगेको एउटा गाडीबाट ४–५ जना व्यक्ति खसेका छन्।
जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार घटना विमानस्थलभित्रकै सडकमा भएको र गाडीको गति कम भएकाले उनीहरूलाई सामान्य चोट मात्रै लागेको छ।
बालेन शाह आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा चुनावका लागि रास्वपाबाट प्रधानमन्त्रीका उम्मेदवार बनेका छन् र हाल चुनावी प्रचारका लागि पश्चिमतर्फ गएका छन्। उनी झापा–५ बाट चुनाव लड्दैछन्।











