गोरखा स्कुलले भब्य रुपमा मनाउदै रजत जयन्ती, आज अभिभावक दिवस – Buletnews
२५ औं बर्षगाँठ
गोरखा स्कुलले भब्य रुपमा मनाउदै रजत जयन्ती, आज अभिभावक दिवस

विद्यालयको श्रीबृद्धिमा प्रत्यक्ष वा परोक्ष योगदान दिने शेयरधनि,सञ्चालक,ब्यक्ति तथा संस्था धन्यवादका पात्र

  • बुलेट न्युज

कोहलपुर:जिल्लाको कोहलपुर नगरपालिका वडा नं. २ मा आज भन्दा २५ बर्ष अघि लाहुरेहरुको सक्रियतामा स्थापना भएको गोरखा युनाईटेड पब्लिक स्कुलले आफनो २५ औं बर्षगाँठ भब्य रुपमा मनाउने क्रममा आज माघ १६ गते २५ औं अभिभावक दिवस सम्पन्न गरेको छ । माघ १६ र १७ गते गरि दुई दिवसीय रजत जयन्ती मनाउने जर्मको गरेको गोरखा युनाईटेड पब्लिक स्कुलले अभिभावक दिवसका अवसरमा बिद्यालय प्रांगणमा बिबिध सांस्कृतिक कला संस्कृति प्रर्दशनका अलावा, अभिभावक लक्षित निःशुल्क स्वास्थ्य शिविर समेत सञ्चालन गरेको छ ।

विद्यालयमा अध्यनरत विद्यार्थीहरुद्धारा सिर्जना गरिएका बिबिध शैक्षिक उन्नयनका बिधाहरु समेत स्टलवाईज प्रर्दशनीमा राखेको गोरखा स्कुलले आफना अभिभावकहरुलाई शैक्षिक प्रर्दशनी केन्द्रमा ध्यान खिच्न सफल भएको छ । वाल वालिकाहरुले राखिएका शैक्षिक स्टलहरुलाई कलात्मक रुपमा ब्रिफिङ गर्ने कलाले आफुलाई निकै आर्कषित गरेको अभिभावक तथा पत्रकार हुमहरि भट्टराईले बुलेट न्युजसंगको कुराकानिकाक्रममा वताए ।

  अर्का अभिभावक कर्ण डाँगीले स साना बालवालिकाको प्रस्तुतीले गोरखा स्कुलको २५ औं बर्षगाँठ साच्चिकै एक महोत्सव जस्तै देखिएको वताउदै स्वास्थ्यका स्टलदेखि परिकारका स्टलहरुले अभिभावकहरुलाई थप आर्कषण गरेको वताए ।

विद्यालयका संस्थापक अध्यक्ष केशर बहादुर आले मगरको अध्यक्षतामा आयोजित रजत जयन्ती समारोहको पहिलो दिन विद्यालयका प्रमुख सल्लहकार प्रा.डा. गोविन्द प्रसाद ढकालको प्रमुख आतिथ्यतामा अभिभावक दिवस सम्पन्न भएको विद्यालयका प्रधानाध्यापक साधना थापाले बुलेट न्युजलाई वताईन । कार्यक्रममा जिल्ला समन्वय समिति बाँकेका उप प्रमुख सीता कार्कि, बिभिन्न पालिकाका जन प्रतिनिधि, सामाजिक ब्यक्तित्व, विद्यालय सञ्चालक समितिका सदस्यहरु, शेयर धनिहरु,शेयर धनिका अन्य परिवारहरु, अभिभावक शिक्षक संघका सदस्यहरु, विद्यालयका पदाधिकारीहरुकासाथै अभिभावक विद्यार्थीहरुको उल्लेख्य सहभागिता रहेको थियो ।

विद्यालयका प्रिन्सिपल साधना थापाले स्वागत मन्तब्य ब्यक्त गरेको कार्यक्रममा सञ्चालक अध्यक्ष केशर बहादुर आले मगरले तमाम अभिभावकहरुको अथक मेहनत, सहयोग र सल्लाहका कारण आज विद्यालयले २५ औं बर्षमा प्रबेशकासाथ रजत जयन्ती मनाउन सफल भएको चर्चा गर्दै विद्यालयको श्रीबृद्धिमा प्रत्यक्ष वा परोक्ष योगदान दिने शेयरधनि,सञ्चालक,ब्यक्ति तथा संस्था धन्यवादका पात्र भएको परिचर्चा गरे ।

उनले शैक्षिक क्षेत्रमा गुणस्तरीय शिक्षा, ब्यबहारीक शिक्षा एवं बिद्यार्थी सुहाउदो शिक्षा प्रदानमा गोरखाले कुनै कसर बाँकि नराखेको जिकिर गर्दै समय सापेक्ष शैक्षिक क्यालेण्डरलाई सुधार गर्दै लगिएको चर्चा गरे । शिक्षामा कुनै कमि नहोस भन्दै विद्यालयले विद्यालय परामर्शदाता तथा पाठयक्रम विकासकर्ता नियुक्त गरेर पञ्च बर्षिय योजना अनुरुप विद्यालयलाई टिम स्पृट बिल्ड गरेको बताए ।

अभिभावक दिवसकै अवसरमा वालवालिकाहरुका आफना प्रतिभाहरुलाई उजागर गर्न अधिकाशं समय उनीहरुलाई मञ्च प्रदान गरिएको थियो । वालवालिकाहरुले सांस्कृतिक नृत्य, जुम्वा, योगाकासाथै फन गेममा समेत सहभागिता जनाएका थिए । शिक्षक कर्मचारीहरुको नृत्य निकै आर्कषक देखिएको कार्यक्रममा म्युजिकल चिएरले सबैको ध्यान खिच्न सफल भएको थियो ।

प्रतिक्रिया दिनुहोस्