गोरखाको २५ औं बर्षगाँठ, यसरी मनायो सिल्भर जुब्लि (फोटो फिचर) – Buletnews
गोरखाको २५ औं बर्षगाँठ, यसरी मनायो सिल्भर जुब्लि (फोटो फिचर)

दक्ष जनशक्ति उत्पादनमा अग्रणि शैक्षिक संस्थाकारुपमा आफुलाई उभ्याउदै गोरखा

  • प्रमोद रिजाल

कोहलपुर,बाँके: बाँकेको कोहलपुरमा २५ बर्ष अघि एक बिद्यालय खुल्यो, नाम राखियो गोरखा स्कुल पब्लिक स्कुल । ५० को दशक चलिरहेको उक्त समयमा कोहलपुरमा उती सारो घना बस्ति र जनसंख्या थिएन । निजी क्षेत्रका विद्यालयहरुमा रामजानकी, ग्रिनपिस, बाल ज्योती, बाल बिद्या र दिप ज्योती बिद्याश्रम मात्र थिए । द्धँद्धकालको चरम अबस्थाले बस्ति र जनसंख्या तिब्र गतिमा बृद्धि हुनेक्रम बुझेको लाहुरेहरुको एक समुहले गोरखा स्कुल खोल्ने शाहस गरयो यो देखेर लाहुरेहरुलाई केहि बुझक्कडहरुले बिदेशि भुमिमा कमाएको पैंसा जुवा खेल्न लागेको भन्दै खिसि टियुरी नगरेको भने होईन तर समाजमा उत्तम कार्य गर्न खिसिटिउरीले ब्रिटिस आर्मि र सिंगापुरे पुलिसहरुलाई भने रोकेन । उनीहरुले सानो सानो पुजि उठाएर गोरखा स्कुल खोले । बुलन्द नेतृत्व बोल्ड ब्यक्तित्व केशर बहादुर आले मगरको अथक नेतृत्व र निरन्तरताको निगरानिमा रहेको गोरखा छोटो समयमै यति पपुलर भयो कि गोरखामा आफना बालबालिका भर्ना गर्न समेत कठिन हुन थाल्यो । कोटा सिमित हुने तर भर्नादर अत्याधिक हुने भएपछि ६० को दशक सम्म गोरखामा भर्ना गराउन भनसुन सम्म गर्नुपरेको तितो यर्थात अभिभावकहरुको अनुभव छ । २०६३ मा पहिलो पटक एसएलसि दिलाउन सक्षम गोरखाले सोहि दशकमा तत्कालिन मध्यपश्मि क्षेत्र टप नै भएपछि स्कुलको उभार झन उचाईमा पुग्यो ।

सिमित जमिनमा विद्यालय सञ्चालन गरेको विद्यालयले विद्यार्थीको चापलाई मध्यनजर गर्दै भवन निर्माणमा तिब्रता मात्र दिएन आफनो विद्यालयको क्षेत्रफल समेत २.५ बिगाह क्षेत्रफलमा विस्तार गर्न सफल भयो । शिक्षामा नविनतम टुल्सहरु प्रयोग गर्दै पछिल्लो प्रतिस्पर्धामा समेत अब्बल सावित गर्दै आएको विद्यालय अहिले कक्षाकोठाहरुलाई वातावरण अनुकुल, पाठयक्रममा बैज्ञानिकता, डिजिटलाईजेसन शिक्षण बिधि र प्रयोगात्मक र ब्यबहारिक शिक्षालाई जोड दिंदै बिएस्सि एजि समेत अध्यापन गराउदै आएको छ ।  यस अबधि सम्म आईपुग्दा गो्खाले कैयन डाक्टर, ईन्जिनियर, पाईलट देखि आइटि क्षेत्रका बिज्ञकासाथै निजामती र शिक्षकहरु उत्पादन गरिसकेको छ । दक्ष जनशक्ति उत्पादनमा अग्रणि शैक्षिक संस्थाकारुपमा आफुलाई उभ्याउदै गोरखा स्कुलले आफनो आगामि यात्रा समेत टिम स्प्रिड, एक्सन प्लानकासाथ अघि बढिरहेको विद्यालयका प्रिन्सिपल साधाना थापाको भनाई रहेको छ । यसै सन्धर्वमा गोरखाले माघको तेस्रो साता आफनो २५ औं बर्षगाँठ अर्थात रजत जयन्ति मनाएको छ ।

माघ १५ देखि १७ सम्म आयोजना गरिएको रजत जयन्तिमा १५ गते विद्यालयले खेलकुद उत्सवको आयोजना गरेको थियो भने अभिभावक दिवसका अवसरमा बिद्यालय प्रांगणमा बिबिध सांस्कृतिक कला संस्कृति प्रर्दशनका अलावा, अभिभावक लक्षित निःशुल्क स्वास्थ्य शिविर समेत सञ्चालन गरेको थियो । विद्यालयमा अध्यनरत विद्यार्थीहरुद्धारा सिर्जना गरिएका बिबिध शैक्षिक उन्नयनका बिधाहरु समेत स्टलवाईज प्रर्दशनीमा राखेको गोरखा स्कुलले आफना अभिभावकहरुलाई शैक्षिक प्रर्दशनी केन्द्रमा ध्यान खिच्न सफल भएको थियो । वाल वालिकाहरुले राखिएका शैक्षिक स्टलहरुलाई कलात्मक रुपमा ब्रिफिङ गर्ने कलाले आफुलाई निकै आर्कषित गरेको अभिभावकहरुले वताएका थिए ।

शनिबार मूल समारोहका साथ रजत महोत्सवको औपचारिक समापन गरिएको छ । रजत महोत्सवका अवसरमा देशकै लब्ध प्रतिष्ठित ब्यक्तित्वहरुलाई आतिथ्यता प्रदान गरेको गोरखाले १७ गते राष्ट्रिय कलाकार टिका पुनलाई समेत निम्त्याएर बिबिध कार्यक्रमकासाथ सुमुधुर साँझ सम्पन्न गरेको थियो । बेहुलि झैं सिंगारिएको विद्यालयको प्रबेश द्धारमै आएर सञ्चालक अध्यक्ष केशर बहादर आले मगरको स्वागत गर्ने शैलिले अतिथीहरुलाई कृतज्ञ नरहि सक्ने वातावरन रहेन । ‘ सिल्भर जुब्लि’ समापन समारोहका प्रमुख अतिथि त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा. डा. दिपक अर्यालले रहेको कार्यक्रममा गोरखाले उपस्थित अतिथीहरुलाई डिनर र सांगितिक खुराक समेत पस्किएको थियो । सो अवसरमा प्रमुख अतिथी अर्यालले विद्यालयले २५ वर्षमा हासिल गरेको शैक्षिक उचाइको प्रशंसा गरे । उनले गुणस्तरीय शिक्षाले नै देशको भविष्य निर्माण गर्ने भन्दै गोरखा स्कुलले बाँके जिल्लाको शैक्षिक साख जोगाएको जिकिर गरेका थिए ।

कार्यक्रममा विशिष्ट अतिथिका रूपमा शिक्षा, विज्ञान तथा खेलकुद मन्त्रालयका सचिव चुडामणी पौडेल, लुम्बिनी प्रदेशसभा सदस्य माननीय बसन्ती न्यौपाने अधिकारी र कोहलपुर नगरपालिकाका नगर उप प्रमुख संगिता सुबेदी लगाएत गोरखा अल्मुनाईहरुको उपस्थिति रहेको थियो ।

त्यसैगरी अतिथिहरूमा बाँकेका प्रमुख जिल्ला अधिकारी दिल कुमार तामाङ्ग, विद्यालयका मुख्य सल्लाहकार एवं त्रिविका पूर्व प्रोफेसर प्रा.डा. गोबिन्द प्रसाद ढकाल, र पूर्व जिल्ला शिक्षा अधिकारी एवं विद्यालयका सल्लाहकार श्री दुर्गानाथ गौतमको समेत सहभागिता रहेको थियो । विद्यालयका सञ्चालक अध्यक्ष एवं कार्यक्रमका सभापति केशर बहादुर आले मगरले २५ वर्षको यात्रामा विद्यालयलाई यो स्थानसम्म पुर्‍याउन सहयोग गर्ने अभिभावक, विद्यार्थी र शुभचिन्तकहरूलाई धन्यवाद ज्ञापन गरेका थिए । उनले आगामी दिनमा विद्यालयलाई अझ प्रविधिमैत्री र उत्कृष्ट शैक्षिक केन्द्र बनाउने प्रतिबद्धता व्यक्त गरे । बर्षगाँठका क्रममा विद्यार्थीहरूले विभिन्न सांस्कृतिक प्रस्तुतिहरू प्रदर्शन गरेका थिए भने उत्कृष्ट विद्यार्थी र दीर्घसेवा गर्ने शिक्षक-कर्मचारीहरूलाई सम्मान समेत गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्