कोहलपुर १३ मा जनभेला, ढकालले भने कोहलपुर-घुईयावारी हाम्रै पालामा – Buletnews
खहरे खोलाको कुनै भर नहुने
कोहलपुर १३ मा जनभेला, ढकालले भने कोहलपुर-घुईयावारी हाम्रै पालामा

जेन्जिका जायज मागहरु एमालेले मात्र पुरा गर्ने जिकिर

  • बुलेट न्युज

कोहलपुर,बाँके: बाँकेको कोहलपुर नगरपालिका वडा नं. १३ मा नेकपा एमाले वडा कमिटिको आयोजनामा जनभेला तथा मतदाता शिक्षा कार्यक्रम सम्पन्न भएको छ ।

वडा ईन्चार्ज ओम प्रकास वलिको अध्यक्षतामा आयोजित उक्त कार्यक्रमलाई सम्वोधन गर्दै बाँके क्षेत्र नं १ का निर्वतमान सांसद सुर्य ढकालले जनतालाई निरास पार्ने गरि कोहलपुर घुईयावारी सडक बन्दैन भन्नेहरुका अगाडि यो सडक बनेरै छाडने विश्वास ब्यक्त गरे ।

कामको थालनि माथिल्लो भेगवाट भईरहेको उल्लेख गर्दै यो सडक हाम्रै पालामा सम्पन्न हुने उनको जिकिर छ । निकुञ्ज क्षेत्रभित्र निकुञ्जलाई नै सडक वनाउन जिम्मा दिनेगरि सडक बनिरहेको उल्लेख गर्दै यस बर्ष आर्मि क्याम्पसम्म बाटो बन्ने कुराको सुनिस्चित भईसकेको रयसका निम्ति ३ करोड बजेटको ब्यबस्था भईसकेको उल्लेख गरे ।

आफुले पटक पटक निकुञ्जसंग संवादका माध्यमबाट निकासकोलागि पहल गरेको स्मरण गर्दै ढकालले संसदमा भएको निकुञ्ज ऐन संसोधन प्रक्रियामा रहेकैबेला सिहदरवार आगलागि गराईदा परियोजनाको गति ढिला हुन पुगेको वताए । उनले निकुञ्ज र यसले सिर्जत गरेका जनताका आवाजलाई पटक पटक आफुले संसदमा आवाज उठाएको कुरा जनताहरुलाई जगजाहेर नै भएको कुरा हो भन्दै विध्वंस गरेर हैन शान्तिपुर्ण तवरले पनि समाज परिवर्तन गर्न सकिन्छ भन्नेमा आफु विश्वस्त रहेको वताए ।

आफु संसदमा पुगेपछि कुनै विवाद र जनताको शिर निहुरिने कार्य नगरेको उल्लेख गर्दै नेता ढकालले आफना नेता कार्यकर्ताहरुलाई ईमान्दारितापुर्वक पवित्र सेवा गर्ने पवित्र उद्धेश्यकासाथ आफनो उम्मेदवारी दोहरिएको कुरा वताए ।

५ बर्षे कार्यकाल भएपनि आफुले ३ बर्ष मात्र काम गर्न पाएको भन्दै ढकालले विकास निर्माणको आफनो पञ्चबर्षिक कार्ययोजना अधुरो रहेकाले आफुलाई पुन निर्वाचित वनाउन अपिल गरे ।

कार्यक्रममा निर्वाचन क्षेत्र नं. १ का निर्वाचन परिचालन कमिटिका संयोजक बसन्ति अधिकारीले यस क्षेत्रका जनाताको आयआर्जनका सवालहरुकासाथै वन्यजन्तु मानव द्धन्द्ध ब्यबस्थापनका सवालहरुमा आफुले समेत प्रदेश सभामा आवाज उठाएको स्मरण गर्दै जेन्जिका जायज मागहरु एमालेले मात्र पुरा गर्ने जिकिर गरिन । जेन्जिको नाममा बनेको सरकारले उनीहरुका सवालहरु १ प्रतिशत पनि सम्वोधन गर्न नसकेको र जेन्जिहरुमा निराशा फैलिएको भन्दै त्यो निराशालाई आशामा बदल्न देशभर सुर्यध्वजावहाक उम्मेदवारहरुलाई जिताउन आबश्यक रहेको कुरामा जोड दिईन ।

बिदेशि नकावधारिहरुको बिध्वंशले देश १० बर्ष पछाडि धकेलिएको चर्चा गर्दै १० बर्षे जनयुद्धमा नोक्सान नभएको देशको सम्पती ४ घण्टामा नोक्सान भएको र उक्त समयमा देखिस तेरो सिहदरवार जल्यो, देखिस तेरो आदालत जल्यो, अनिदेखिस तेरो संसद भवन जल्यो भन्नेहरु अहिले निर्लज्ज सांसद बन्ने लाईनमा लागेको लज्जास्पद अवस्था रहेको जनताले बुझिसकेको वताईन ।

यहि बिध्वंसका कारण विनियोजित बजेट निकासा हुन नसकेको, निकाशा भएको वजेटमा समेत भारी कटौति गरेर सरकारले जनता र जनताको जनजिविकाका सवालहरुमा खेलवाड गरिरहेको भन्दै फाल्गुण २१ गते पछि बन्ने एजेण्डा सहितका दलहरुको जननिर्वाचित सरकारले विकास र देशको अर्थतन्त्र लयमा ल्याउने बताईन ।
जनभेलामा नेकपा एमाले कोहलपुर नगर अध्यक्ष कुल वहादुर भट्टराईले जनताका सवाल र देश निर्माणका सवालमा आफनो पार्टिले जस्तोसुकै शक्तिसंग पनि मुकावला गर्ने सार्मथ्य राख्ने भन्दै ल्याकत नहुने एजेण्डा बिहिनहरुको झुण्डले बिदेशमा रहेका जनताका छोराछोरीहरुलाई मत परिवर्तन गर्न आफन्तहरुलाइ फोर्स गर्न लगाउने, उनीहरुलाई देशप्रति भडकीलो अभिब्यक्ति दिन प्रेरीत गरेर अन्धभक्त बनाउन उद्धत रहेको भन्दै यस्तो विकराल अवस्थाको सबैले भण्डाफोर गर्नुपर्ने समय आईसकेको वताए ।

केहि एजेण्डाविहिन झुण्डहरु कम्पासविनाको जहाज जस्तो देश हाँक्ने दुस्सहास गरिरहेको भन्दै आज सहकारी ठग्नेहरुले भोलि देशलाई ठग्ने मात्र होईन विदेशिलाई नसुम्पेला भन्न नसकिने विकराल अवस्था आईरहेकाले सचेत नागरिकहरुले सुझ बुझकासाथ जन पक्षिय काम गर्ने एमालेका उम्मेदवारलाई मतदान गर्नुको अर्को विकल्प नरहेकोमा जोड दिए ।

युवा संघका केन्द्रिय सदस्य एवं बाँके ईन्चार्ज सन्दिप बानियाले परिवर्तन गछौं भन्नेहरुसंग यी यी कुराहरु परिवर्तन गर्छु भन्ने एजेण्डा नै नभएको भन्दै आफु निर्वाचित भए मतदातामाझ रवि र बालेनलाई आफनो क्षेत्रमा ल्याउछु भन्ने जस्ता हास्यास्पद अभिब्यक्ति दिनेले देशलाई विकास र निकास हैन चक्रब्युहमा फसाउन उद्धत रहेको वताए ।

लुसिफरहरु देशलाई युक्रेन वनाउन चाहेको तपाईहरुमाझ जग जाहेर नै छ भन्दै केन्द्रिय सदस्य बानियाले देश सुम्पिने मुख्य एजेण्डा बोकेर निर्वाचनमा होमिएकाहरुलाई जनताले बेलैमा चिनेर सवक सिकाउनुको अर्को विकल्प नरहेको उल्लेख गरे ।

आज देश जलाउनेका नाईके लुसिफर आफनो अध्यक्षसंग भिडन खोजेको भन्दै त्यस्ता देशका कसिंगरहरु झापाबाट बढारिनेमा युवासंग आबश्यक रणनितिकासाथ निर्वाचनको मैदानमा उत्रिएको दावि गरे ।

हामी अरु जस्तो हाहु गर्ने होईनौ हामी काम गरेर देखाउँछौ भन्दै बानियाले खहरे खोलाको कुनै भर नहुने उदाहरण बंगलादेशको निर्वाचन परिनामले देखाईसकेको उल्लेख गरे । खहरे भेलहरुको निद हराम भएको छ, बर्बराउदै बाँके निर्वाचन क्षेत्र नं. १ मा ३० हजार मतले आफु बिजयी हुन्छौ भन्दै बर्बराईरहेको हामीले पाएका छौं यीनीहरु १० हजारमा सिमित हुने युवासंघको मत सर्वेक्षणले देखाएको भन्दै ३० हजार होईन बढिमा १५ हजारमा चित्त बुझाएर बर्बराहठीहरु शान्त हुनेछन ।

७ घर चहारेर उम्मेदवार बनेकाहरुप्रति इंगित गर्दै बानियाले कथमकदाचित निर्वाचित भईहालेपनि यस्ता दलबदलु पिंधबिनाका लोटाले विकास निर्माणमा आफनो कुनै पहुँचता कायम गर्न नसक्ने ठोकुवा गरे ।

वडा सचिव ढाल बहादुर डाँगिले सञ्चालन गरेको जन भेलामा नेकपा एमाले संबद्ध बिभिन्न जनवर्गिय संगठनका कार्यकता, वडा नं. १३ का अगुवा कार्यकर्ता, नेता तथा वफरजोन पिडित जनताको उल्लेख्य सहभागिता रहेको थियो । भेलामा सहभागिहरुले आफना समस्या तथा पिरमर्काहरु नेकपा एमाले बाँके क्षेत्र नं. १ का उम्मेद्वार सुर्य ढकाला समक्ष राखेका थिए ।

प्रतिक्रिया दिनुहोस्