कोहलपुर,बाँके: बाँके क्षेत्र नं. १ मा पर्ने तीन पालिका मध्य अधिकांश क्षेत्र निकुञ्जले छोएको पालिका हो राप्तिसानेनारी । यहाँका जनताहरु निकुञ्जबाट आउने बन्यजन्तुवाट प्रताडित छन । कतिले अकाल आफनो ज्यान समेत गुमाईसकेका यहाँका वासिन्दाहरु प्रतिनिधि सभा निर्वाचन नजिकिदै गर्दा मत माग्न आउने अधिकांश उम्मेदवारहरु समक्ष निकुञ्जले छोएको स्थानमा बलियो,अग्लो र भरपर्दो तार जालिको ब्यबस्था गर्नुकासाथै बाँदर नियन्त्रण गर्नुपर्ने मुख्य आफनो माग भएको वताउने गरेका छन ।

पछिल्लो समय नरभक्षि बाघले मान्छे मार्ने गरेको र जंगलका बाँदरहरु आएर लगाएको बालि मात्र होईन घर भित्र राखेका अन्नपात खाने र नष्ट गर्ने कार्यले निकै प्रताडित भएको वताउँछन । उनीहरुले यो नियन्त्रण गर्न सक्ने उम्मेदवारलाई मतदान गर्ने भन्दै घरदैलोमा मत माग्न आउने उम्मेदवारहरुसमक्ष यस्तो माग राख्ने गरेको राप्तिसोनारी ९ की लालमति खडका बताउँछिन ।
शनिवार घरदैलोमा भेटिएका सुर्य ढकाल समक्ष पनि उनले अन्य देशको नियम कानुन भन्दा पनि आफनो दैनिकी असहज भएको मुद्धा सम्वोधन गर्ने कि नगर्ने भन्दै जंगिईन । उनले बाँदरले निकै बितण्डा मच्चाएको पसलको सामान समेत नष्ट गर्ने खाने लैजाने गरेको भन्दै ढकाल समक्ष बाँदर नियन्त्रण गर्न के योजना छ ? भन्दै प्रति प्रश्न गरिन ।

जवाफमा ढकालले बाँदर नियन्त्रणका सवालमा नेपालको तर्फबाट आफु भारतमा पुगेर बिज्ञ टोलिसंग परामर्श गरेको उल्लेख गर्दै बाँदर नियन्त्रण गर्न सरकारलाई आफुले प्रतिबेदन पेश गरिसकेको र कार्यान्वयनको चरनमा रहेको वताएका छन । बाँदर पुरै सखाप गर्न नसकिने तर नियन्त्रण गर्न सकिने भन्दै जंगल छेउछाउका जनतालाई बैकल्पिकखेती बालितर्फ उन्मुख बनाएर आयआर्जनसंग जोडन सकिने वताए । उनले निकुञ्ज क्षेत्रका गाउँबस्तिहरुमा तारवार भईरहेको भएपनि जनताले अहिलेको तारवार भरपर्दो रसुरक्षित नभएको गुनासो आईरहेको स्विकार्दै जनताको माग बमोजिम तारवार तथा छेकवार गर्न आफनो हर प्रयास रहने बताए ।
सोहि वडाका अनन्त वहादुर खत्रिले गरिव किसानहरुले आफना सन्ततीहरुलाई उच्च शिक्षाकालागि डेराडण्डाको ब्यबस्था गरि कोहलपुर नेपालगञ्ज पठाउनुपर्ने अझैपनि समस्या रहेको भन्दै शमशेरगञ्जमा डिग्रि सम्मको क्याम्पस हुनुपर्ने, कम्तिमा १५ शैयाको अस्पताल हुनुपर्ने र ठुरे गंगटे हुदै कालिमाटि पुग्ने छोटो मार्गको ब्यबस्था गर्न पुर्व संघिय सांसद समेत रहेका उम्मेदवार ढकाल समक्ष माग गरेका छन ।

यसैगरि स्थानियहरुले बालापुर सडककालागि बजेटको ब्यबस्था गरिनुपर्ने, गाउँ बस्तिमा नालाको समस्या रहेको, कच्चि सडकले बर्षामा हिड्न समस्या भएको, पशु चौपायालाई जंगलि जनावरले खाने मार्ने गर्दा किसानलाई मर्का परेको जस्ता समस्याहरु उम्मेदवार ढकाल समक्ष राखेका थिए ।
राप्तिसोनारी ९ देउतीमाला मन्दिर परिसरमा भेला भई आफना समस्या र गुनासा सुनाईरहेका स्थानियहरुविच बोल्दै बाँके क्षेत्र नं. १ का नेकपा एमालेका उम्मेदवार सुर्य ढकालले आबश्यकताका आधारमा भुगोलको विकास संस्कार र संस्कृती संरक्षणमा आफुले यस अघि भरपुर कार्य गरेको भएपनि यो आफैमा अपुरो रहेको स्विकार्दै निकुञ्ज पिडितका सवालमा पटक पटक संसदमा आवाज उठाएको जिकिर गरे ।
उनले निकुञ्ज ऐन परिमार्जन भई राजपत्रमा अंकित हुने चरणमा संसद भवन नै ध्वस्त पारेर योजना समेत अलपत्र परेको दावि गरे । निकुञ्ज ऐनमा समेटिएका परिमार्जित बुंदाहरुले निकुञ्ज तथा बन्यजन्तु पिडितहरुलाई राहत दिने प्याकेज तयार पार्न सकिने भन्दै अवको संसदले निकुञ्ज ऐन पास गरेमा समस्या समाधान गर्न सहज हुने वताए ।
आबश्यक र सानो मात्रामा बाघ पाल्नेगरि नियम संसोधन गरेर जनताको रक्षा गर्न आफु दृड रहेको उल्लेख गर्दै बाँदर नियन्त्रण गर्न बन्ध्याकरण अभियान अचुक अस्त्र हुनेमा आफु विश्वस्त रहेको जिकिर गरे ।

बाटो, नाला, पुल पुलेसा, शिक्षा, स्वास्थ्य जनताका आधारभुत आबश्यकताहरुका सवालमा आफुले गरेका केहि परियोजनाहरुले प्रष्ट पारेको भन्दै सामुहिक निर्णयको उजेण्डाहरुमा नै आफुले सम्बोधन र वकालत गर्दै आएको वताए ।
बालापुर सडककालागि ३ करोड रकम रातो कितावमा अंकित भईसकेको अवस्था रहेकाले यो सडक क्रमागत रुपमा बन्दै जानेमा जनताहरुसमक्ष जानकारी दिन चहान्छु उनले भने ।
वडा कमिटि अध्यक्ष हर्क बहादुर बिष्टको अध्यक्षतामा आयोजित जनगुनासो तथा चुनावी प्रचार भेलामा घनश्याम डाँगि, तुलसिराम अधिकारीलगाएतका स्थानियहरुको उपस्थित कार्यक्रममा बाँके क्षेत्र नं. १ निर्वाचन परिचालन कमिटि संयोजक एवं लुम्विनी प्रदेस सभा सदस्य वसन्ति अधिकारी, प्रदेश सदस्य भगवति वराल, परशु नारायण थारु, खुमा डाँगि, प्रदेश सल्लाहकार सदस्य डोलराज अर्याल, जिल्ला पार्टि सचिव बलराम भट्टराई उप सचिव निर्मला सुनार,युवा नेता खेम शर्मा,भिम बहादुर नेपाली महिला नेता शान्ति थापा लगाएतको उपस्थिती रहेको थियो ।











