नेपालगञ्ज : नेपालगन्जका बिभिन्न विद्यालयहरुमा स्ट्यान्डसहितको डस्टबिन बितरण गरिएको छ । द कोकाकोला फाण्डेशनको आर्थिक सहयोग, बास नेपाल र स्वच्छ सफा नेपालद्वारा सञ्चालित ‘ग्रीन नेपालगन्जः सामुदायिक फोहोर रुपान्तरण परियोजना’ अन्तर्गत नेपालगन्ज उपमहानगरपालिकाभित्रका शून्य फोहोर विद्यालय कार्यक्रम संचालन भएका बिद्यालयहरुमा सो डस्टबिन बितरण गरिएको हो । फोहोर ब्यबस्थापनका लागि कुहिने फोहोर र नकुहिने फोहोरलाई छुट्टाछुट्टै ब्यवस्थापन गर्नका लागि प्रत्येक विद्यालयमा स्ट्यान्ड सहितको २/२ वटा डस्टबिन बितरण गरिएको परयोजना संयोजक मन भण्डारीले बताए ।
नेपालगञ्ज उपमहानगरपालिकाभित्र कार्यक्रम संचालन भएका २० वटा विद्यालय मध्ये देउतादिन माबि, महेन्द्र माबि, अनाथलय गौसिया माबि, नारायण माबि, मंगल प्रसाद नमुना माबि, धम्बोझी माबि, सरस्वती माबि गरी ७ वटा विद्यालयमा शुक्रबार डस्टबिन वितरण गरिएको छ भने बाँकी रहेको विद्यालयहरुमा आइतवार वितरण गरिने कार्यक्रम संयोजक मन भण्डारीले जानकारी दिए ।
डस्टबिन वितरण कार्यक्रममा नेपालगंज उपमहानगरपालिका प्रमुख प्रशासकीय अधिकृत रामहरि शर्मा, वडा नं. ८ का वडा अध्यक्ष रजनिश बाजपाई, बास नेपालका केन्द्रिय अध्यक्ष शिव कुमार वर्मा, कार्यकारी निर्देशक नमस्कार शाह, परियोजना संयोजक मन भण्डारी, कार्यक्रम अधिकृत रबिन्द्र बोहरा, सामुदायिक सहजकर्ता ज्योती बुढा, सहजकर्ताहरु, शिक्षक, बिद्यार्थी, ब्यबस्थापन समिति, लगायतको उपस्थिति रहेको थियो











