काठमाडौं: पोखराबाट काठमाडौँ आउँदै गरेको ग २ ख १४२१ नं को बस त्रिशूली नदी किनारमा खस्दा १८ जनाको मृत्यु भएको छ ।
आज राति धादिङको चरौंदी नजिकैबाट त्रिशूलीमा बस खस्दा १८जनाको घटनास्थलमै मृत्यु भएको हो ।
दुर्घटनामा परी मृत्यु भएका १८ जनाको शव निकालिएको सशस्त्र प्रहरी बलका प्रवक्ता विष्णुप्रसाद भट्टले जानकारी दिए । घाइते २५ जनालाई उद्दार गरेर विभिन्न अस्पताल लगिएको उनको भनाइ छ ।
बसमा पोखराबाट २८ जना यात्रु चढेको सूची प्राप्त भएको छ । अन्य यात्रु भने बाटोको बीचमा चढेको अनुमान प्रहरीले गरेको छ ।
धादिङ दुर्घटनाको उद्धार सकियो : मृतक १८ जनामध्ये दुई विदेशी नागरिक
पृथ्वी राजमार्ग अन्तर्गत धादिङको बेनिघाट रोराङ गाउँपालिका–७ चरौदी नजिकै यात्रुवाहक बस दुर्घटना हुँदा १८ जनाको मृत्यु भएको छ।
पोखराबाट काठमाडौँ आउँदै गरेको ग२ ख १४२१ नं को बस त्रिशूली नदी किनारमा खसेको थियो। दुर्घटनामा १२ जना पुरुष र छ जना महिलाको घटनास्थमै मृत्यु भएको हो।
तीमध्ये एक महिला र एक पुरुष विदेशी नागरिक रहेको खुलेको छ। बसमा ४४ जना सवार रहेको बताइएको छ। २६ जना घाइतेको उद्धार गरी अस्पताल पठाइएको छ।
दुर्घटनास्थलबाट सबै घाइतेहरुको उद्धार गरिसकिएको छ। केही घाइतेलाई स्थानीय अस्पतालमा उपचार गरिएको छ भने अधिकांशलाई काठमाडौं पठाइएको छ।











