यथार्तपरक बजेट बनाउन लुम्बिनी प्रदेशका मुख्यमन्त्रीको आग्रह – Buletnews
यथार्तपरक बजेट बनाउन लुम्बिनी प्रदेशका मुख्यमन्त्रीको आग्रह

पुस मसान्तसम्म पुँजीगत खर्च १८.०४ प्रतिशत र कुल खर्च २०.४५ प्रतिशत

  • बुलेट न्युज

दाङ:  लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले योजना तर्जुमा र बजेट विनियोजनलाई यथार्थपरक र व्यवस्थित बनाउन मातहतका निकायलाई निर्देशन दिएका छन। आर्थिक मामिला तथा योजना मन्त्रालयको आयोजनामा आइतबार सम्पन्न आर्थिक वर्ष २०८/८३ को बजेट तथा कार्यक्रम कार्यान्वयन अवस्थासम्बन्धी अर्धवार्षिक समीक्षा कार्यक्रममा यथार्थपरक हुने गरी बजेट निर्माणको तयारी थाल्न मुख्यमन्त्रीले आग्रह गरेका हुन  ।

प्रदेश सरकारले योजना तर्जुमा निर्देशिका निर्माण गरी टुक्रे योजना कटौती गर्ने र प्रदेश मन्त्रीपरिषद्बाट स्वीकृत गरेर कार्यान्वयनमा लैजाने तयारी गरेको उनले जानकारी दिए । उनले वार्षिक योजना आयोजना बैङ्कबाट छनोट गर्ने व्यवस्था पनि निर्देशिकामार्फत लागु गरिने बताउदै भने“आगामी आवको बजेट यथार्थपरक बनाउन जरुरी छ ।

मुख्यमन्त्री आचार्यले परिणाममुखी कार्यसम्पादनमा जोड दिँदै जनताको अपेक्षा अनुसार कामको गति बढाउन निर्देशन दिए। काम सम्पन्न भइसकेका आयोजनाको भुक्तानी ढिलाइ नगर्न पनि उनले निर्देशन दिए । उनले प्रदेशको आन्तरिक आम्दानी वृद्धि गर्न राजस्वको दायरा विस्तार गर्नुपर्नेमा जोड दिए ।

समपूरक, ससर्त र विशेष अनुदान अन्तर्गतका आयोजनालाई समयमै सम्पन्न गर्न प्राथमिकता दिनुपर्ने उहाँले उल्लेख गरे। कार्यक्रममा पूर्वमुख्यमन्त्री तथा नेपाली कांग्रेस संसदीय दलका नेता डिल्लीबहादुर चौधरी, पूर्वमुख्यमन्त्री तथा विपक्षी दलका नेता जोखबहादुर महरा, प्रमुख सचिव कृष्णप्रसाद काप्री, प्रदेश योजना आयोगका उपाध्यक्ष डाक्टर डिल्लीराज अर्याललगायतले योजना छनोट र कार्यान्वयन पक्षलाई थप प्रभावकारी बनाउनुपर्नेमा जोड दिएका थिए।

आर्थिक मामिला तथा योजना मन्त्रालयका सचिव बन्धुप्रसाद बाँस्तोलाले अर्धवार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्दै अन्य प्रदेशको तुलनामा लुम्बिनी प्रदेशको वित्तीय प्रगति सन्तोषजनक रहेको जानकारी दिए । उनले पुस मसान्तसम्म पुँजीगत खर्च १८.०४ प्रतिशत र कुल खर्च २०.४५ प्रतिशत पुगेको उल्लेख गरे।

प्रतिक्रिया दिनुहोस्