बाँके: बाँकेको- राप्ती सोनारी ९ ढकेरी स्थित झिझिरी खोला नजिकै ढकेरी मध्यवर्ती क्षेत्रमा एक नवजात शिशु मृत अवस्थामा फेला परेको छ।
आज बिहीबार दिउँसो १ बजेको समयमा झिझिरी खोलाबाट करिब २ किलोमिटर पूर्वपश्चिम राजमार्गदेखि करिब १ किलोमिटर पूर्वतर्फ बाँके राष्ट्रिय निकुञ्जको ढकेरी मध्यवर्ती क्षेत्रमा झाडी सफाई गर्न गएका स्थानीयहरूले नवजात शिशु मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ् ।

नवजात शिशु नौ महिनाकी हुन सक्ने प्रहरीले आकलन गरेको छ। मृत शिशुलाई पोस्टमार्टमको लागि अहिले भेरी अस्पतालमा पठाएको छ भने उक्त घटनाको प्रहरीले अनुसन्धान अघि बढाएको छ।











