बाँके: आसन्न निर्वाचनको सरगर्मीबीच सूर्य ढकाल ले बाँके निर्वाचन क्षेत्र नं. १ मा आफ्नो चुनावी अभियानलाई तीव्रता दिएका छन्। “समृद्धितर्फ पाइला चालौं, दिगो विकासको जग बसालौं” भन्ने मूल नारासहित उनले क्षेत्रका मतदातासमक्ष विकासकेन्द्रित कार्ययोजना सार्वजनिक गरेका छन्।
फाल्गुन २१ गते तय गरिएको मतदानलाई लक्षित गर्दै ढकालले सूर्य चिन्हमा मतदान गर्न आग्रह गरेका छन्। अत्यधिक बहुमतसहित विजयी गराएमा शिक्षा, स्वास्थ्य, कृषि, रोजगारी र पूर्वाधार विकासलाई प्राथमिक प्राथमिकतामा राखेर परिणाममुखी काम गर्ने प्रतिबद्धता उनले व्यक्त गरेका छन्।
उनले बाँके–१ लाई आर्थिक, सामाजिक तथा भौतिक पूर्वाधारको हिसाबले नमूना निर्वाचन क्षेत्रका रूपमा विकास गर्ने लक्ष्य अघि सारेका छन्। स्थानीय स्रोत–साधनको अधिकतम उपयोग गर्दै युवाहरूलाई स्वदेशमै रोजगारीका अवसर सिर्जना गरिने उनको भनाइ छ। “युवा पलायन रोक्न उत्पादन र उद्यमशीलतालाई जोड दिनुपर्छ,” उनले अभियानका क्रममा बताएका छन्।
निर्वाचन नजिकिँदै जाँदा क्षेत्रभर घरदैलो कार्यक्रम, कोणसभा र मतदाता भेटघाट तीव्र बनेका छन्। विभिन्न टोल तथा बस्तीमा पुगेर ढकालले स्थानीय समस्या सुन्दै समाधानका स्पष्ट खाका प्रस्तुत गरिरहेका छन्। मतदाताहरू पनि उम्मेदवारका योजना र दृष्टिकोणबारे जिज्ञासा राख्दै सक्रिय सहभागिता जनाइरहेका छन्।
निर्वाचन आयोगले तोकेको कार्यतालिकाअनुसार फाल्गुन २१ गते मतदान सम्पन्न हुनेछ। सो दिन मतदाताले आगामी प्रतिनिधित्व चयन गर्नेछन्। बाँके–१ मा विभिन्न दल र उम्मेदवारबीच प्रतिस्पर्धा रोचक बन्दै गएको छ, जसले चुनावी माहोललाई थप गतिशील बनाएको छ।











