मध्यपूर्व तनाव : त्रिभुवन विमानस्थल आइतबार पनि अस्तव्यस्त – Buletnews
मध्यपूर्व तनाव : त्रिभुवन विमानस्थल आइतबार पनि अस्तव्यस्त

उडान रद्दका कारण यात्रुहरू शनिबारदेखि नै अलपत्र

  • बुलेट न्युज

काठमाडौं: मध्यपूर्वका देशमा बढेको तनावको असर त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा पनि परेको छ । त्यस क्षेत्रका विभिन्न सातवटा अन्तरराष्ट्रिय विमानस्थलमा हुँदै आएका अन्तरराष्ट्रिय उडान रद्द भएका छन् ।

सारजहा, दोहा, दुबै, कुबेत सिटी, अबुधाबी, कतार तथा दमाम विमानस्थलमा हवाई उडानमा प्रतिबन्ध लगाइएका कारण त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट त्यहाँ हुने उडान रद्द गरिएका छन् । उडान रद्दका कारण यात्रुहरू शनिबारदेखि नै अलपत्र परेका छन् ।  आइतबार बिहान पनि यात्रुहरू अन्योलमा यताउता गरिरहेका देखिन्थे । विमानस्थलमा अनेक सूचना टाँसिएका छन् ।

प्रतिक्रिया दिनुहोस्