ढकेरीमा गोठालो जाँदै गरेकी महिलाको सुन चोरी, स्थानीय त्रसित – Buletnews
ढकेरीमा गोठालो जाँदै गरेकी महिलाको सुन चोरी, स्थानीय त्रसित
  • बुलेट न्युज

बाँके:बाँकेको राप्ती सोनारी ९ ढकेरीमा गोठालो जाँदै गरेकी एक महिलाको सुन चोरी भएको छ। आइतबार बिहान ९ बजेको समयमा नयाँ गाउँबाट नजिकैको जलनधारा समुदायमा गोठालो जाँदै गरेकी वर्ष ६० कि नेपाली चिनेरुवा खानलाई अज्ञात व्यक्तिले कुटपिट गरी माडुरी ४ आना तिलहरी एक आना गरी दुई लाख बराबरको सुन चोरी गरेको ढकेरी प्रहरी बिटका इन्चार्ज नागेन्द्र शाहीले जानकारी दिए।

फरार चोरको खोजी कार्यकार्य तीव्र बनाएको प्रहरीको भनाई छ । पीडित महिलालाई भने उपचारको लागि कोहलपुर मेडिकल कलेजमा पठाइएको शाहीले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्