ट्रम्पद्वारा इरानका मुख्य सैन्य र रणनीतिक केन्द्रहरूमा थप आक्रमण गर्ने संकेत – Buletnews
ट्रम्पद्वारा इरानका मुख्य सैन्य र रणनीतिक केन्द्रहरूमा थप आक्रमण गर्ने संकेत
  • बुलेट न्युज

WASHINGTON, DC - FEBRUARY 24: U.S. President Donald Trump delivers his State of the Union address during a Joint Session of Congress at the U.S. Capitol on February 24, 2026, in Washington, DC. Trump delivered his address days after the Supreme Court struck down the administration's tariff strategy and amid a U.S. military buildup in the Persian Gulf threatening Iran. Chip Somodevilla/Getty Images/AFP (Photo by CHIP SOMODEVILLA / GETTY IMAGES NORTH AMERICA / Getty Images via AFP)

तेहरान: इरान र अमेरिकाबीचको तनाव चरम बिन्दुमा पुगेको छ। इरानले खाडी क्षेत्रमा चल्ने व्यापारिक जहाजहरूलाई निशाना बनाउने नयाँ धम्की दिएको छ।

यसैबीच, अमेरिकी प्रशासनले इरानमाथि गरिएका सैन्य कारबाहीहरू सुरुआत मात्र भएको र सबैभन्दा कडा प्रहार हुन अझै बाँकी रहेको चेतावनी दिएको छ।

इरानी सैन्य कमान्डरले कुनै पनि अमेरिकी वा सहयोगी मुलुकका जहाजहरू सुरक्षित नरहने चेतावनी दिएका छन्। इरानले आफ्नो समुद्री सीमा रक्षाका लागि जस्तोसुकै कदम चाल्न सक्ने बताएको छ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका मुख्य सैन्य र रणनीतिक केन्द्रहरूमा थप आक्रमण गर्ने संकेत दिएका हुन्।

यो तनावका कारण विश्व बजारमा कच्चा तेलको मूल्यमा वृद्धि हुनसक्ने र खाडी क्षेत्रको समुद्री मार्ग असुरक्षित हुने भन्दै अन्तर्राष्ट्रिय समुदायले चिन्ता व्यक्त गरेका छन्।

पछिल्लो केही सातादेखि इरान र इजरायल–अमेरिका गठबन्धनबीच सिधा सैन्य मुठभेड भइरहेको छ। इरानका उच्च पदस्थ अधिकारीहरू र सैन्य अखडाहरूमा भएका श्रृंखलाबद्ध आक्रमणपछि इरानले प्रतिशोध लिने चेतावनी दिँदै आएको छ।

प्रतिक्रिया दिनुहोस्