लुम्बिनीका यी उम्मेदवार, जो आफैँलाई मत दिन पाउँदैनन् – Buletnews
लुम्बिनीका यी उम्मेदवार, जो आफैँलाई मत दिन पाउँदैनन्

बाँके–३ बाट उम्मेदवार बनेका कांग्रेसका अम्मरसिंह पुनको मतदाता नामावली रोल्पामा

  • बुलेट न्युज

बाँके: आज भइरहेको प्रतिनिधिसभा सदस्य निर्वाचनमा लुम्बिनी प्रदेशका विभिन्न क्षेत्रमा उम्मेदवार रहेका प्रभावशाली नेताले आफूलाई प्रत्यक्षका मत दिन पाउने छैनन् ।

 

पार्टीबाट प्रचण्ड भावी प्रधानमन्त्रीका रुपमा प्रस्तावित नेता हुन् । यसपटक रुकुम पूर्वबाट उम्मेदवार बनेका उनको मतदाता नामावली चितवन–३ मा छ  । उनी २०६४ मा रोल्पा–२ र काठमाडौँ–१० बाट उम्मेदवार बनेर दुवै क्षेत्रबाट विजयी भएका थिए । २०७० मा प्रचण्ड काठमाडौँ–१० र सिरहा ५ बाट उम्मेदवार बने पनि काठमाडौं–१० मा पराजित भएर सिरहा–५ बाट निर्वाचित भएका थिए । २०७४ को निर्वाचनमा प्रचण्ड चितवन–३ बाट उम्मेदवार बनेर जिते भने २०७९ को निर्वाचनमा उनी गोरखा–२ बाट जितेका हुन् । अहिले उनले रुकुमपूर्व रोजेका हुन् ।

नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)–१ मा नेपाली कांग्रेसका उम्मेदवार विनोद चौधरीसहितले आफूलाई मत हाल्न पाउने छैनन् । उनको मतदाता नामावली नवलपुर–१ मा छ । २०७९ मा उनी नवलपरासी–१ बाटै निर्वाचित भएका थिए ।

रुपन्देही–३ बाट उम्मेदवार बनेका नेकपा एमालेका नेता वासुदेव घिमिरेले पनि आफूलाई मतदान गर्न पाउने छैनन् । उनको मतदाता नामावली रुपन्देही–२ मा छ ।

एमालेबाटै रुपन्देही–४ मा उम्मेदवार बनेका प्रमोद यादवले पनि आफूलाई मतदान गर्न पाउने छैनन् । उनको मतदाता नामावली रुपन्देही–१ मा छ ।

नेकपाका नेता देवेन्द्र पौडेलले पनि आफूलाई मतदान गर्न पाउने छैनन् । यसपटक नवलपरासी–२ बाट उम्मेदवार बनेका उनको मतदाता नामावली बागलुङ–१ मा छ  ।

बाँके–३ बाट उम्मेदवार बनेका कांग्रेसका अम्मरसिंह पुनको मतदाता नामावली रोल्पामा छ । कांग्रेस लुम्बिनी प्रदेश सभापतिसमेत रहेका उनले पनि आफूलाई मतदान गर्न पाउने छैनन् । बाँके–३ बाट उम्मेदवार बनेका रास्वपाका खगेन्द्र सुनारले पनि आफूलाई मतदान गर्न पाउने छैनन् । उनको मतदाता नामावली दैलेखमा छ । जनमत पार्टीबाट बर्दिया–२ मा उम्मेदवार बनेका शशीकुमार यादवको मतदाता नामावली धनुषाको जनकपुरधाम उपमहानगरपालिकामा छ  । उनले पनि आफूलाई भोट हाल्न पाउने छैनन् ।

त्यसैगरी रास्वपाका सुलभ खरेल रुपन्देही २ मा उम्मेदवार छन् तर उनको नामावली क्षेत्र नं ३ मा बुटवल–१६ छ । रास्वपाबाट रुपन्देही–५ मा उम्मेदवार रहेका तौफिफ खानको भैरहवामा घर रहे पनि क्षेत्र नं ५ मा उम्मेदवार छन् । रुपन्देही–१ मा एमालेबाट उम्मेदवार रहेका दधिराम न्यौपानेको पनि यो क्षेत्रमा नाम छैन । रुपन्देही–१ बाट उम्मेदवार रहेका राप्रपाका प्रज्वल बोहोरा क्षेत्र नं ३ को भैरहवाबाट मतदान गर्नेछन् भने क्षेत्र नं ४ मा उम्मेदवार रहेका जनमतका भोपेन्द्र यादव क्षेत्र नं १ बाट मतदान गर्नेछन् ।

एमालेबाट क्षेत्र नं ४ मा उम्मेदवार रहेका प्रमोद यादव पनि क्षेत्र नं १ बाट मतदान गर्नेछन् । रास्वपा सहमहामन्त्री विपिन आचार्यले दाङ–३ बाट मतदान गर्नेछन् उनी दाङ–२ बाट उम्मेदवार छन् । रास्वपाबाट गुल्मी–२ मा उम्मेदवार रहेका गोविन्द पन्थीको काठमाडौँ–१० मा नामावली छ ।

 

प्रतिक्रिया दिनुहोस्