कैलालीमा श्रीमतीको हत्यापछि श्रीमानले आफैँलाई गोली हाने – Buletnews
कैलालीमा श्रीमतीको हत्यापछि श्रीमानले आफैँलाई गोली हाने

रामबहादुर मगरले जङ्गलमा बाख्रा चराउन गएका बेला २८ वर्षीया श्रीमती संजिता मगरको हत्या गरे

  • बुलेट न्युज

घरायसी विवादका क्रममा मगरले आफूसँग रहेको भरुवा बन्दुकबाट श्रीमतीलाई गोली हानी हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेपछि थप विवरण आउन वाकी रहेको उनले बताए ।

श्रीमतीको हत्यापछि उनले सोही बन्दुकले आफैँलाई गोली हानेका थिए । आफैँले हानेको गोलीबाट गम्भीर घाइते भएका उनको सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ । युवक अझै होसमा नआएको हुँदा घटनाबारे विस्तृत विवरण प्राप्त हुन नसकेको प्रहरीले जनाएको छ । महिलाको शव घटनास्थलमै छ ।

 

प्रतिक्रिया दिनुहोस्