डोटीमा बोलेरो भिरबाट खस्दा दुई जनाको मृत्यु – Buletnews
डोटीमा बोलेरो भिरबाट खस्दा दुई जनाको मृत्यु

गिरीचौकको कच्ची सडकमा बोलेरो जीप दुर्घटना

  • बुलेट न्युज

मृत्यु हुनेमा बोलेरो चालक आदर्श –३ काँडीस्याउलेका २२ वर्षीय सुवोध रोकाया र सोही स्थानका १९ वर्षीय कैलाश विक रहेका जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी नवराज ढुङ्गेलले जानकारी दिनुभयो । उहाँका अनुसार खतेडाबाट काँडीस्याउलेतर्फ जाँदै गरेको सुदूरपश्चिम प्रदेश०१–००१च ३९२३ नम्बरको सो बोलेरो घुम्तीमा अनियन्त्रित भई गए राति १२ः०० बजेको समयमा दुर्घटनामा परेको थियो । दुर्घटनापछि दुवै जना सडकबाट करिब ९०० मिटर तल साइलीखोलामा मृतावस्थामा फेलापरेका थिए ।

प्रतिक्रिया दिनुहोस्