कलाकार सागर लम्साल (बले) पक्राउ – Buletnews
कलाकार सागर लम्साल (बले) पक्राउ
  • बुलेट न्युज

काठमाडौँ:कलाकार सागर लम्साल (बले) पक्राउ परेका छन् । जिल्ला प्रहरी परिसर काठमाडौँका प्रमुख एसएसपी रमेश थापाले उनलाई काठमाडौँको बूढानीलकण्ठ नगरपालिकाको कपनस्थित बालुवाखानीबाट पक्राउ गरिएको जानकारी दिए ।

कलाकार लम्सालमाथि अमेरिकामा रहँदै आएकी एक युवतीले बलात्कार आरोप लगाएकी थिइन् । उनले शुक्रबार बलेमाथि अमेरिकामै बलात्कार गरेको बताउँदै फेसबुकमा लेखेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्