आजदेखि चितवनमा अन्तर्राष्ट्रिय मौरी सम्मेलन सुरु – Buletnews
आजदेखि चितवनमा अन्तर्राष्ट्रिय मौरी सम्मेलन सुरु
  • बुलेट न्युज

CREATOR: gd-jpeg v1.0 (using IJG JPEG v62), quality = 80

सम्मेलनले मौरी स्वास्थ्य, परागसेचन सेवा, मौरीजन्य उत्पादनको गुणस्तर अभिवृद्धि तथा बजार विस्तारका सम्भावनाबारे व्यावहारिक र नीतिगत बहस अघि बढाउने अपेक्षा गरिएको आयोजकले जनाएको छ।

विश्वविद्यालयका रजिष्ट्रार प्राडा पुष्कर पालले सम्मेलनमा २० भन्दा बढी देशका करिब दुई सय ५० राष्ट्रिय तथा अन्तरराष्ट्रिय अनुसन्धानकर्ता, मौरीपालक तथा नीतिनिर्माताको सहभागिता रहने जानकारी दिए।

कृषि तथा वन विज्ञान विश्वविद्यालय, कृषि तथा पशुपन्छी विकास मन्त्रालय र नेपाल मौरीपालक महासंघको सहकार्यमा हुने यस सम्मेलनले मौरीपालन क्षेत्रलाई सुदृढ बनाउँदै दिगो कृषि प्रणाली र खाद्य सुरक्षामा महत्त्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ।

प्रतिक्रिया दिनुहोस्