पेडारी नालामा चार लेनको पक्की पुल निर्माण सम्पन्न, हट्यो सास्ती – Buletnews
पेडारी नालामा चार लेनको पक्की पुल निर्माण सम्पन्न, हट्यो सास्ती

पुलको दुवैतर्फ ५०/५० मिटर गरी एक सय मिटर सडक कालोपत्रे गर्ने कार्य बाँकी

  • बुलेट न्युज

बाँके:नेपालगन्ज–गुलरिया सडकखण्ड अन्तर्गत बाँकेको खजुरा गाउँपालिका–३, खजुराबजारस्थित पेडारी नालामा चार लेनको पक्की पुल निर्माण सम्पन्न भएपछि यात्रुले बर्सौंदेखि भोग्दै आएको सास्ती अन्त्य भएको छ । हुलाकी राजमार्ग निर्देशनालय योजना कार्यालय नेपालगन्जका योजना प्रमुख लीलाबहादुर भण्डारीले पेडारी नालामा लक्ष्य अनुसार  निर्धारित समयमै पुलको काम सम्पन्न भएको जानकारी दिए।

प्रमुख भण्डारीले भने, “आयोजनाको निरन्तरको अनुगमन र निर्माण व्यवसायीको सक्रियतामा निर्धारित समयभन्दा पहिले नै पुल निर्माण सम्पन्न भएको छ ।” पक्की पुल निर्माण भएपछि अहिले सवारीसाधन नयाँ पुलबाट सञ्चालन भइरहेका छन् । पुल निर्माण भए पनि पुलको दुवैतर्फ ५०/५० मिटर गरी एक सय मिटर सडक कालोपत्रे गर्ने कार्य बाँकी रहेको छ । केही दिनमा सम्पन्न हुने आयोजनाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्