बाँकेमा यात्रुहरुलाई दुःख–हैरानी दिने १८ जना पक्राउ – Buletnews
बाँकेमा यात्रुहरुलाई दुःख–हैरानी दिने १८ जना पक्राउ

नेपालगन्जका विभिन्न स्थानबाट नियन्त्रणमा, कारबाही प्रक्रिया अघि बढाइँदै

  • बुलेट न्युज

बाँके: जिल्ला प्रहरी कार्यालय, नेपालगन्जले यात्रुहरुलाई दुःख–हैरानी दिने कार्यमा संलग्न १८ जनालाई पक्राउ गरेको छ।
प्रहरीका अनुसार मिति २०८२ साल चैत २८ गते नेपालगन्ज उपमहानगरपालिका क्षेत्रअन्तर्गत बसपार्क, धम्बोजी, पुष्पलाल चोक, वाटरपार्क लगायतका स्थानहरूबाट यात्रुहरुलाई अनावश्यक तनाव दिने, हैरानी पार्ने गतिविधिमा संलग्न व्यक्तिहरूलाई नियन्त्रणमा लिइएको हो।

पक्राउ परेकामाथि आवश्यक कारबाही प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। प्रहरीले सार्वजनिक स्थलहरूमा यात्रु तथा सर्वसाधारणलाई दुःख दिने, अव्यवस्थित गतिविधि गर्ने व्यक्तिहरूमाथि निगरानी बढाइएको उल्लेख गर्दै यस्ता कार्यमा संलग्न नहुन सबैलाई अनुरोध गरेको छ।

पक्राउ परेकामध्ये बाँके, बर्दिया, कैलाली, कञ्चनपुर र दाङ जिल्लाका विभिन्न स्थानका व्यक्तिहरू रहेका छन्। उनीहरूलाई नियन्त्रणमा लिई थप अनुसन्धान तथा कारबाही प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्