युट्युबर पोख्रेल पक्राउमा जेन-जी मुभमेन्टको आपत्ति – Buletnews
युट्युबर पोख्रेल पक्राउमा जेन-जी मुभमेन्टको आपत्ति
  • बुलेट न्युज

काठमाडौं: युट्युबर रोशन पोख्रेल पक्राउको विषयलाई लिएर जेन-जी मुभमेन्ट नेपालले कडा आपत्ति जनाएको छ । संगठनका प्रवक्ता विजय शाहले आइतबार एक विज्ञप्ति जारी गर्दै अभिव्यक्तिकै आधारमा गरिएको यो पक्राउ गलत र आपत्तिजनक भएको बताएका छन् ।

अभिव्यक्ति स्वतन्त्रता प्रत्येक नागरिकको मौलिक अधिकार भएको उल्लेख गर्दै यसको संरक्षण लोकतान्त्रिक व्यवस्थाको आधार भएको विज्ञप्तिमा जनाइएको छ । विचार र अभिव्यक्तिलाई अपराधका रूपमा लिने प्रवृत्तिले लोकतन्त्र कमजोर बनाउने चेतावनी समेत दिइएको छ ।

साथै, समान मापदण्डका आधारमा सबैमाथि निष्पक्ष छानबिन हुनुपर्ने माग गर्दै एकतर्फी रूपमा व्यक्तिलाई लक्षित गरी गरिने कारबाही कानुनी राज्यको सिद्धान्त विपरीत भएको उल्लेख गरिएको छ । जेन-जी मुभमेन्ट नेपालले पोख्रेललाई तत्काल रिहा गर्न माग गर्दै नागरिकको बोल्ने अधिकारको संरक्षण गर्न सम्बन्धित निकाय गम्भीर बन्नुपर्नेमा जोड दिएको छ ।

प्रतिक्रिया दिनुहोस्