बाँकेमा मोडिफाई गर्ने सवारी साधन धमाधम कारबाहीमा पर्दै – Buletnews
बाँकेमा मोडिफाई गर्ने सवारी साधन धमाधम कारबाहीमा पर्दै

फोकस, फक लाइट र अब्स्ट्रेक्सन लाइट जडान गर्ने तारसमेत नियन्त्रणमा

  • बुलेट न्युज

बाँके : सवारी दुर्घटना न्यूनिकरण गर्न बाँके ट्राफिक प्रहरी सशक्त रुपमा उत्रिएको छ । अवैधरुपमा सञ्चालन भइरहेका सवारी साधनलाई नियमन गरिरहेको ट्राफिक प्रहरीले आइतवार ६ सय ८५ वटा सवारी साधनबाट एक हजार १७४ वटा फोकस लाइट, फक लाइट र हेडलाइट अब्स्ट्रेक्सन लाइट निकालेको छ ।

बाँकेमा बढेको सवारी दुर्घटनाका कारणको अनुसन्धान गर्दा फोकस लाइट र हेडलाइट अब्स्ट्रेक्सन लाइट भएको पुष्टि भएपछि बाँके ट्राफिकले सवारी साधनमा आफू खुसी लगाएको अरुलाई असर गर्ने लाइट सवारी साधनबाट निकालेको बाँके ट्राफिक प्रमुख प्रहरी निरीक्षक कनकबहादुर शाहीले जानकारी दिए ।

फोकस लाइटले विपरित दिशाबाट आएको सवारी साधन चालकले नदेख्ने र दुर्घटना भएको पुष्टि भएपछि यस्ता लाइट झिक्ने अभियानका रुपमा चलायौँ,शाहीले भने,अभियानले सवारी दुर्घटना न्यूनिकरणमा टेवा पुग्ने विश्वास लिएका छौँ ।

उनले यो अभियान जिल्लाभर सञ्चालन गरेको बताए । मोटरसाइकल, अटो रिक्सा, कार र ठूला गाडीबाट फोकस लाइट, फक लाइट र शो लाइट निकालेको बताउँदै लामो दूरीका सवारी साधनलाई सचेत गराइएको बताए । सवारी दुर्घटना न्यूनिकरण अभियान यस्ता लाइट निकाल्ने जिल्ला ब्यापी अभियानमा छौँ, उनले भने, कम्पनीको लाइटलाई परिमार्जन गरि लगाइएको लाइट हटाउने अभियान आगामी दिनमा पनि जारी रहने छ ।

बाँके ट्राफिकले बसमा लगाइएको दुई सय वटा फुल, झल्लर र माला समेत नियन्त्रणमा लिएको छ । फुल, झल्लर र मालाका कारण चालकले टाढाको बस्तु र सवारी साधनलाई स्पष्ट नदेख्ने भएकोले दुर्घटना हुने गर्छ, उनले भने ।

उनले लामो दूरीमा चल्ने सवारी साधनलाई एक पटकका लागि सज गराइएको बताए । उनले भने, लामो दूरीका सवारी साधनलाई पनि हटाउन भनेका छौँ । अँटेर गरे कारवाहीको दायरामा ल्याउँछौँ ।उनले फोकस, फक लाइट र अब्स्ट्रेक्सन लाइट जडान गर्ने तारसमेत नियन्त्रणमा लिएको जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्