यो अवधि दुवै पक्षको प्रतिबद्धता परीक्षण गर्ने ‘टेस्टिङ पिरियड’ मानिएको छ। उल्लंघन नभए स्थायी शान्तिको बाटो खुल्नसक्ने संकेत गरिएको छ।
ट्रम्पले आफ्नो सामाजिक सञ्जाल ट्रुथ सोसलमा जोसेफ औन र बेन्जामिन नेतन्याहूसँग सकारात्मक वार्ता भएको उल्लेख गर्दै ‘यो मेरो १०औँ युद्ध समाधान हुनेछ’ भनी दाबी गरेका छन्।
युद्धविराम बिहीबार रातिदेखि लागु भएको छ। यसअघि वासिङ्टनमा दुवै देशका प्रतिनिधिबीच भेटवार्ता भएको थियो, जुन सन् १९८३ पछिको पहिलो महत्वपूर्ण सिधा संवाद हो। ट्रम्पले दुवै नेतालाई ह्वाइट हाउस निमन्त्रणा गर्ने बताएका छन्।
लेबनानका राष्ट्रपति जोसेफ औनले ट्रम्पलाई धन्यवाद दिँदै क्षेत्रमा स्थायी स्थिरताका लागि प्रयास गरिरहेको बताए। राष्ट्रपति औनले स्थायित्वका लागि प्रयास जारी राख्ने बताएका छन्। लेबनान सरकारले हिजबुल्लाहलाई शान्तिपूर्वक हतियार त्याग्न मनाउने प्रयास गरिरहेको जनाएको छ।
हिजबुल्लाह नेता हसन फदलल्लाहले इजरायलले शत्रुतापूर्ण गतिविधि पूर्णरूपमा रोक्ने वा नरोक्ने आधारमा आगामी कदम तय हुने बताएका छन्।











