आज र भोलि पहाडमा वर्षा, तराईमा गर्मी – Buletnews
आज र भोलि पहाडमा वर्षा, तराईमा गर्मी
  • बुलेट न्युज

महाशाखाका अनुसार आज मधेश, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई लगायत अरू केही भूभागमा तातो दिन हुने सम्भावना रहेको छ । यस्तै भोलि लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई लगायत अरू केही भूभागमा तातो दिन हुने सम्भावना रहेको महाशाखाले जनाएको छ ।

आज कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भूभागका थोरै ठाउँहरूमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भूभागका एक/दुई ठाउँमा मेघ गर्जन र चट्याङ्गसहित हल्का वर्षा र हिमपातको  सम्भावना रहेको छ ।

यस्तै भोलि कोशी प्रदेश लगायत बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भूभागका थोरै ठाउँहरूमा तथा लुम्बिनी प्रदेशको पहाडी र हिमाली भूभाग लगायत कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भूभागका एक/दुई ठाउँमा मेघ गर्जन र चट्याङ्गसहित हल्का वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्