आईपीएलमा हैदराबादको रोमान्चक जित, चेन्नाई १० रनले पराजित – Buletnews
आईपीएलमा हैदराबादको रोमान्चक जित, चेन्नाई १० रनले पराजित
  • बुलेट न्युज

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको सनराइजर्स हैदराबादले २० ओभरमा ९ विकेट गुमाउँदै १९४ रनको चुनौतीपूर्ण योगफल खडा गरेको थियो । हैदराबादको इनिङ्समा प्रारम्भिक ब्याटर अभिषेक शर्माले विष्फोटक ब्याटिङ गरे । उनले २२ बलमा ५९ रनको अर्धशतकीय इनिङ्स खेले ।

चेन्नाईका बलरहरूले अन्तिम ओभरमा विकेट लिएर रनको गति केही रोके पनि हैदराबादले बनाएको विशाल स्कोर नै जितका लागि पर्याप्त बन्यो । यो जितसँगै हैदराबाद पाँच खेलमा तीन जित निकाल्दै ६ अंकका साथ चौथो स्थानमा पुगेको छ । समान खेल खेलेको चेन्नई चार अंकसहित छैटौं स्थानमा छ ।

प्रतिक्रिया दिनुहोस्