बाँके प्रहरीको विशेष क्लीन स्वीप अपरेशन’ एकै रात पक्राउ परे १ सय ११ जना – Buletnews
बाँके प्रहरीको विशेष क्लीन स्वीप अपरेशन’ एकै रात पक्राउ परे १ सय ११ जना

पक्राउ पर्नेहरूमा नेपालगञ्ज क्षेत्रबाट सबैभन्दा बढी ९१ जना र कोहलपुरबाट २० जना

  • बुलेट न्युज

बाँके: बाँके प्रहरीले लागुऔषधविरुद्ध ‘विशेष क्लीन स्वीप अपरेशन’ सञ्चालन गरेको छ । बाँके प्रहरी प्रमुख एसपी अंगुर जिसीको निर्देशनमा गएराति गरिएको लागुऔषध विरुद्धको स्वीप अपरेशनमा १ सय १९ जनालाई पक्राउ गर्दै २७५ ग्राम ब्राउन सुगर बरामद गरिएको छ । बाँके जिल्लाकै इतिहासमा बाँके प्रहरीले एकै रातमा यति ठूलो संख्यामा लागुऔषध कारोबारमा संलग्न रहेकाहरुलाई पक्राउ गरेको पहिलो घटना हो ।

जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख एसपी जिसीले लागुऔषधविरुद्धको स्वीप अपरेशनमा पक्राउ परेकाहरु मध्ये धेरैजसो कारोबारी, कतिपय खरिदकर्ता र अन्य सेवनकर्ता रहेको बताए । प्रहरीको अपरेशनमा पक्राउ पर्नेहरूमा नेपालगञ्ज क्षेत्रबाट सबैभन्दा बढी ९१ जना र कोहलपुरबाट २० जना रहेको एसपी जिसीले जानकारी दिएका छन ।

एसपी जिसीका अनुसार नियन्त्रणमा परेकामध्ये लागुऔषध कारोबारीलाई लागुऔषध कारोबार ऐन अन्तर्गत कडा मुद्दा चलाइनेछ भने लागुऔषध सेवन गर्दै गर्दा समातिएका सेवनकर्तालाई परिवारसँग सल्लाह गरेर रिह्याब सेन्टरमा पठाइनेछ । यसैगरी अन्य केही पहिलो पटकका सेवनकर्ताको हकमा उनका परिवार तथा अभिभावकलाई बोलाएर उनीहरुसँगै लागुऔषधविरुद्धको काउन्सिलिङ दिइने भएको छ । उनीहरुलाई पहिलो पटकका लागि सम्झाइबुझाई गर्ने र भविष्यमा यस्ता कार्य नगर्ने प्रतिबद्धतासहित काउन्सिलिङपछि परिवारको जिम्मा लगाइनेछ ।

प्रतिक्रिया दिनुहोस्