कोहलपुर, बाँके: बाँकेको कोहलपुरस्थित भेरी शित भण्डार सहकारी संस्थाको निर्वाचनको अन्तिम मत परिणाम सार्वजनिक भएको छ। कुल ३७८७ मतदाता रहेको संस्थामा १३६९ मत खसेको थियो। तीमध्ये ७७ मत बदर भई १२९२ मत सदर गणना गरिएको निर्वाचन समितिले जनाएको छ। अध्यक्ष पदमा बलराम भट्टराई ६९९ मत प्राप्त गर्दै विजयी भएका छन् भने उनका प्रतिस्पर्धी यूवराज पौडेलले ५२९ मत प्राप्त गरेका छन्।
उपाध्यक्षमा अमर बहादुर खड्का ६३९ मतसहित विजयी हुँदा मोहन रिजालले ५३७ मत प्राप्त गरेका छन्। लेखा संयोजक पदमा विष्णु चौधरी ६६९ मत ल्याउँदै निर्वाचित भएका छन् भने हेमकान्त लामिछानेले ४५० मत प्राप्त गरेका छन्।

सदस्य पदतर्फ बलराम समूहबाट गौरीकान्त आचार्य ६७६ मतसहित विजयी भएका छन् भने सन्तबिर सुनार (५६४), चन्द्र बहादुर घर्ती (५६९) र भिम बहादुर डांगी (५९१) मध्ये डांगीले मत प्राप्त गरेका छन ।
त्यस्तै, यूवराज समूहबाट सिताराम थारू ६१९ र अर्जुन थारू ५९१ मतसहित विजयी भएका छन्। स्वतन्त्र उम्मेदवार कृष्ण अधिकारीले ५४६ मत प्राप्त गरेका छन्। निर्वाचन परिणामसँगै सहकारीको नयाँ नेतृत्व चयन भएको छ भने विजयी उम्मेदवारहरूले संस्थाको विकास र सदस्यहरूको हितमा काम गर्ने प्रतिबद्धता जनाएका छन्।











