यसअघि पहिला ब्याटिंग गरेको दिल्लीले १६ दशलमव ३ ओभरमा अल आउट हुदै ७५ रन मात्र बनाएको थियो। यो यस सिजनको आइपिएलको यो सबैभन्दा कम स्कोर हो। दिल्लीका लागि अभिषेक पोरेलले ३०, डेभिड मिलरले १९ र काइल जामिएन्सनले १२ रन बनाएका थिए।
त्यस्तै बैंगलुरुका बलर जोश हजेलवूडले ४ विकेट लिए भने भुवनेश्वर कुमारले ३ विकेट लिएका थिए। यो जितपछि रोयल च्यालेन्जर्स बैंगलुरुको ८ खेलमा १२ अंक भएको छ भने दिल्लीको ८ खेलमा ६ अंक रहेको छ।











