नेपालगञ्जले आज मंगलवार पनि काञ्जिहाउस पठायो छाडा पशु चौपाया – Buletnews
नेपालगञ्जले आज मंगलवार पनि काञ्जिहाउस पठायो छाडा पशु चौपाया

नगर क्षेत्रमा छाडा पशुका कारण हुने सवारी दुर्घटना, ट्राफिक अवरोध तथा सरसफाई समस्या नियन्त्रण अभियान

  • बुलेट न्युज

नेपालगञ्ज : नेपालगञ्ज उपमहानगरपालिकाले मङ्गलवार पनि  नगर क्षेत्रभित्रका छाडा पशु चौपायाको नियन्त्रण अभियानलाई निरन्तरता दिएको छ । आज बिहान ५ बजेदेखि सञ्चालन गरिएको अभियान अन्तर्गत २३ वटा पशु संकलन गरी वडा नं. २१ स्थित विर्तामा रहेको कान्जी हाउसमा व्यवस्थापन गरिएको छ ।

उपमहानगरपालिकाका अनुसार संकलित पशुहरूमा २३ वटा गाई, बाच्छाबाच्छी तथा साँढे छन् । नगर प्रहरी निरीक्षक सूर्यबहादुर बोगटीका अनुसार सोमवार मात्रै ३८ वटा छाडा पशु नियन्त्रण गरी कान्जीहाउस पुरयाइएको थियो । शनिबार ४३ वटालाई कान्जीहाउस लगिएको थियो ।

नगर क्षेत्रमा छाडा पशुका कारण हुने सवारी दुर्घटना, ट्राफिक अवरोध तथा सरसफाई समस्या नियन्त्रणका लागि यस्तो अभियानलाई निरन्तर सञ्चालन गरिरहेको उपमहानगरपालिकाले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्