सनराइजर्स हैदरावादको मुम्बई इन्डियन्समाथि ६ विकेटको सानदार जित – Buletnews
सनराइजर्स हैदरावादको मुम्बई इन्डियन्समाथि ६ विकेटको सानदार जित
  • बुलेट न्युज

मुम्बई: हेनरिक क्लासेनको उत्कृष्ट अर्धशतकीय पारीको मद्दतले सनराइजर्स हैदरावादले मुम्बई इन्डियन्समाथि ६ विकेटको सानदार जित दर्ता गरेको छ । आईपीएलको ४१ औं खेलमा मुम्बईको घरेलु मैदान वानखेडे स्टेडियममा बुधबार राति भएको उच्च स्कोरको खेलमा हैदरावादले विशाल लक्ष्य सहजै पूरा गरेको हो ।

टस हारेर पहिले ब्याटिङ गरेको मुम्बई इन्डियन्सले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर २४३ रनको विशाल योगफल खडा गरेको थियो । मुम्बईका लागि ब्याटरले आक्रामक प्रदर्शन गरे पनि टोलीको यो स्कोर जितका लागि पर्याप्त हुन सकेन ।

२४४ रनको कठिन विजयी लक्ष्य पछ्याएको सनराइजर्स हैदरावादले मात्र १८.४ ओभरमा ४ विकेट गुमाउँदै २४९ रन बनाएर लक्ष्य पूरा गरेको हो । ‘प्लेयर अफ द म्याच’ बनेका हेनरिक क्लासेनले विष्फोटक ब्याटिङ गर्दै ३० बलमा अविजित ६५ रन जोडे। उनले ब्याटिङसँगै दुईवटा क्याच समेत लिएका थिए ।

हैदरावाद तालिकाको तेस्रो स्थानमा यथावत छ भने हारसँगै मुम्बई इन्डियन्स नवौँ स्थानमा खुम्चिएको छ । शीर्ष स्थानको पञ्जाबको १२ अंक छ भने समान अंक भएका आरसिबी, हैदरावाद र राजस्थान रनरेटका आधारमा क्रमश दोस्रो, तेस्रो र चौथो स्थानमा छन् ।

प्रतिक्रिया दिनुहोस्