आजदेखी लगातार तीन दिन बिदा, सरकारी अस्पतालमा ओपिडी भने खुल्ने – Buletnews
आजदेखी लगातार तीन दिन बिदा, सरकारी अस्पतालमा ओपिडी भने खुल्ने
  • बुलेट न्युज

बाँके:  स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज देशभरका सबै सरकारी अस्पतालमा बहिरङ्ग (ओपिडी) सेवा सञ्चालन गर्न निर्देशन दिएको छ ।

यही वैशाख १८, १९ र २० गते लगातार तीन दिन सार्वजनिक बिदा परेका कारण सरकारी अस्पतालमा ओपिडी सेवा प्रभावित हुने भन्दै मन्त्रालयले यस्तो निर्देशन दिएको हो ।

सेवाग्राहीलाई असुविधा हुनसक्ने अवस्था रहेकाले उक्त निर्देशन दिइएको मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीले जानकारी दिए ।

१८ गते बुद्ध जयन्ती, १९ गते शनिबार र २० गते आइतबार लगातार तीन दिन सार्वजनिक बिदा परेको छ ।

प्रतिक्रिया दिनुहोस्